१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार o६:१५:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

आहा रारा गोल्डकप : चर्च ब्वाइजलाई हराउँदै आर्मी फाइनलमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o६:१५:oo

त्रिभुवन आर्मी क्लब २३औँ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेडलाई २–१ ले पाखा लगाउँदै आर्मीले अन्तिम दुईमा आफ्नो स्थान सुरक्षित गरेको हो । आर्मीले उपाधिका लागि थ्री स्टार क्लबको सामना गर्नेछ । आर्मी र चर्च ब्वाइजले पहिलो हाफ गोलरहित बराबरी खेलेका थिए । दोस्रो हाफमा दुवै टोलीले १–१ गोल गरे । ३० मिनेटको अतिरिक्त समयमा आर्मीले एक गोल थप्दै फाइनलमा स्थान पक्का ग¥यो । आर्मीको यो पाँचौँपटक फाइनल यात्रा हो । यद्यपि, आर्मीले अहिलेसम्म उपाधि जितेको छैन । 

आर्मीले प्रिक्वार्टरफाइनलमा नवलपुरको राइजिङ स्टार क्लबलाई १–० र क्वार्टरफाइनलमा साबिक विजेता संकटा क्लबलाई ३–० ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको थियो । चर्च ब्वाइजले क्वार्टरफाइनलमा नेपाल पुलिस क्लबलाई १–० ले पराजित गर्दै अन्तिम चारको स्थान पक्का गरेको थियो । खेलको ९९औँ मिनेटमा आर्मीका लागि रासबहादुर मगरले विजयी गोल गरेका थिए । वसन्त जिम्बाको क्रस पासमा उनले सहजै गोल गरे । 

यसअघि खेलको ६१औँ मिनेटमा आर्मीका दिनेश हेम्जनले १–० को अग्रता गोल गरे । पोस्टभन्दा २८ यार्डबाट उनले प्रहार गरेको फ्री किक चर्च ब्वाइजका गोलरक्षक सन्तोष महतले बचाउन खोजेका थिए, तर बल उनको ग्रिपमा लाग्दै गोल भयो । आर्मीको अग्रता २२औँ मिनेटसम्म रह्यो । ८३औँ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले १–१ को बराबरी गोल फर्काए । उनले आर्मीका गोलरक्षक र डिफेन्डरलाई छलाउँदै पेनाल्टी क्षेत्रबाट गोल गरेका हुन् ।

खेलको छैटौँ मिनेटमा चर्च ब्वाइजका सुशील राईले पेनाल्टी क्षेत्रबाट गरेको हेडिङ आर्मीका खेलाडीले क्लियर गरे । खेलको ११औँ मिनेटमा प्रशान्त लक्ष्मणको प्रहारलाई आर्मीका गोलरक्षक समित श्रेष्ठले पन्च गरेपछि बल क्रसबारमा लागेर बाहिरियो । खेलको ४९औँ मिनेटमा आर्मीका मिलन योञ्जनके प्रहार गरेको बल क्रसबारनजिकैबाट बाहिरिएको थियो । खेलको ११३औँ मिनेटमा चर्च ब्वाइजका राजीव लोप्चनले प्रहार गरेको कर्नर आर्मीका गोलरक्षक श्रेष्ठले क्लियर गरे । 

खेल सोचेभन्दा प्रतिस्पर्धात्मक बन्यो
मेघराज केसी, प्रशिक्षक, आर्मी

चर्च ब्वाइजविरुद्धको प्रदर्शन प्रशंसायोग्य रह्यो । सेमिफाइनल खेल सोचेभन्दा प्रतिस्पर्धात्मक बन्यो । प्रतिस्पर्धामा दुवै टोलीका खेलाडीले जितका लागि कोसिस गरेका थिए । उपाधि भिडन्त योभन्दा रोमाञ्चक र प्रतिस्पर्धात्मक हुनेछ । 

खेलाडीसँग अनुभव कमी भयो
कमल श्रेष्ठ, कप्तान, चर्च ब्वाइज

आर्मीविरुद्ध खेलाडीले स्तरीय खेल खेले । आर्मीमा सिनियर र अनुभव खेलाडी छन् । उनीहरूले अनुभव प्रयोग गरे । हाम्रो टोलीमा जुनियर खेलाडी धेरै छन् । केही खेलाडी पहिलोपटक सहभागी भएका छन् । यसकारण अनुभव कमी भयो ।

ad
ad