१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १५:५३:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

हेटौँडामा बायोमेडिकल वर्कसप स्थापना

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १५:५३:oo

स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र मकवानपुरमा बिहीबार बायोमेडिकल वर्कसपको उद्घाटन गरिएको छ। बायोमेडिकल वर्कसपको प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले उद्घाटन गरेका हुन्। वर्कसपको स्थापनासँगै प्रदेशका अस्पतालहरूमा बिग्रिएका स्वास्थ्य उपकरणहरूको मर्मत गर्न सहज हुने भएको छ।

वर्कसपको स्थापनाले स्वास्थ्य उपकरणको अभाव पूर्ति र व्यवस्थापन गर्न सहज हुने मन्त्री जोशीको दाबी छ। उनले स्वास्थ्य संस्थाहरूमा उपकरण बिग्रिँदा बनाउने स्थानको अभाव र तत्काल नयाँ व्यवस्थापन गर्न नसक्दा सेवाग्राहीले उपचार गर्न नपाएको गुनासो हट्ने बताए।

मन्त्री जोशीले अस्पताल तथा स्वास्थ्य संस्थाहरूको उपकरणहरू चुस्तदुरुस्त राख्न र व्यवस्थापन गरेर सेवा प्रवाहलाई स्तरीय बनाउन प्रदेशका सम्पूर्ण स्वास्थ्य संस्थाहरूलाई सहज हुने पनि उल्लेख गरे।

‘अस्पतालका उपकरणहरू बारम्बार बिग्रिने समस्याका कारण सेवा प्रवाह नभएको भन्दै नागरिकको गुनासो आउने गरेको थियो। बायोमेडिकल वर्कसपको स्थापनाले उपकरण अभाव र व्यवस्थापन गर्न नसकेको सेवाग्राहीको गुनासो अवश्य पनि कम हुनेछ। अब हामीले स्वास्थ्य सेवा प्रवाहका लागि उपकरणको गुणस्तर कायम गर्न पनि गम्भीर भएर लाग्नुपर्छ,’ मन्त्री जोशीले भने। 

उनले सरकारी अस्पतालको उपकरण छिटो बिग्रनुको कारणबारे जानकारी राख्नुपर्छ भनेर वर्कसप स्थापना गरिएको पनि बताए। ‘धेरै स्वास्थ्य संस्थाहरूमा उपकरण बिग्रेको र प्रयोगमा नआएको अवस्था छ। त्यसको व्यवस्थापनका लागि मन्त्रालयले यसको थालनी गरेको हो। यसैगरी प्रदेश सरकारले नागरिकहरूको सहज स्वास्थ्य सेवा प्रवाहका लागि अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा अन्य भौतिक तथा सेवाको गुणस्तर कायम गर्न पनि काम गरिरहेकै छ,’ उनले भने।

मन्त्री जोशीका अनुसार औजार उपकरणबारे बुझ्न मन्त्रालयले दुईवटा टिम खटाएर अध्ययन गरेको थियो। उक्त टिमले तयार पारेको प्रतिवेदनका आधारमा स्वास्थ्य संस्था तथा अस्पतालका प्रमुखहरूसँग समीक्षा र छलफल गरेर बायोमेडिकल वर्कसपको स्थापना गरिएको मन्त्री जोशीले बताए।

निक साइमन्स इन्स्टिच्युटको सहकार्यमा स्थापना गरिएको वर्कसपमा हाल एकजना बायोमेडिकल इन्जिनियर र एकजना इलेक्ट्रिकल टेक्निसियन राखेर कामको सुरुवात गरिएको स्वास्थ्य आपूर्ति तथा व्यवस्थापन केन्द्रका प्रमुख वसन्त अधिकारीले जानकारी दिए। 

स्वास्थ्य संस्थामा सञ्चालनमा आउन नसकेका उपकरणको मर्मतका लागि थप दुईजना बायोमेडिकल टेक्निसियन आवश्यक रहेको उनको भनाइ छ।

स्वास्थ्य आपूर्ति तथा व्यवस्थापन केन्द्र बागमती प्रदेशको करिब एक करोड रुपैयाँ लागतमा प्रदेश बायोमेडिकल वर्कसप स्थापना गरिएको हो। सोही अवसरमा निक साइमन इन्स्टिच्युटले वर्कसप सञ्चालनका लागि आवश्यक ७१ लाख रुपैयाँबराबरको क्यालिब्रेसन टुल्स सहयोग हस्तान्तरण पनि गरेको छ।
 

ad
ad