१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२०८० माघ १८ बिहीबार १३:१३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

वायुसेवा निगमको उपाध्यक्षमा विक्रम राईलाई नियुक्ति दिने सरकारको निर्णय

उद्योगमन्त्रीको अध्यक्षतामा राष्ट्रिय व्यापार सहजीकरण समिति गठन हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० माघ १८ बिहीबार १३:१३:००

सरकारले नेपाल वायुसेवा निगमको रिक्त उपाध्यक्ष  पदमा विक्रम राईलाई नियुक्त गर्ने निर्णय गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले निगमको सञ्चालक समिति सदस्य रहेका राईलाई उपाध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा उनी नियुक्त भएका सरकारकी प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन्।

यसैगरी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा नरदेवी आयुर्वेद चिकित्सालय विकास समितिको सदस्यमा सिन्धुपाल्चोकका लेखनाथ लामा र काठमाडौंकी डा. साहारा श्रेष्ठलाई मनोनयन गर्ने निर्णय भएको मन्त्री शर्माले जानकारी दिइन्।

साथै सरकारले निजी क्षेत्रसमेतको प्रतिनिधित्व हुने गरी उद्योगमन्त्री रमेश रिजालको अध्यक्षतामा राष्ट्रिय व्यापार सहजीकरण समिति गठन गर्ने निर्णय पनि गरेको छ।