१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार १४:४१:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

मुगुकाे सोरुमा फैलिएको रोग भाइरल इन्फ्लुएन्जा भएको पुष्टि 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १४:४१:oo

जिल्लाको उत्तरी क्षेत्रमा पर्ने सोरु गाउँपालिका– ६ पुरुमुरू गाउँमा तीनजनाको ज्यान जाने गरी फैलिएको रोग भाइरल इन्फ्लुएन्जा भएकाे पुष्टि भएको छ।

सोरु गाउँपालिका– ६ का पुरुमुरू र जिमा गाउँमा डेढ साताअघिबाट फैलिएको मौसमी रुघाखोकीबाट तीनजनाको मृत्यु भएको थियो।

एक सय ५० जना बिरामी  परेका थिए । बिरामी परेकामध्ये एक सय ३५ जनामा उक्त स्थानमा पुगेको डाक्टरसहितको टोलीले चेकजाँच गर्दा भाइरल इन्फ्लुएन्जा लक्षण देखिएको र बिरामी परेकामध्ये ११ जनाको स्वाब संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गर्दा भाइरल इन्फ्लुएन्जा भएको पुष्टि भएको हो।

जिल्ला अस्पताल मुगुका डाक्टर कमल ढुंगानाले दिएको जानकारीअनुसार उक्त क्षेत्रबाट एक सय ५० जनामध्ये एक सय ३५ जनामा भाइरल इन्फ्लुएन्जाको लक्षण देखिएको थियो।

त्यस्ताखाले बिरामीमध्ये ११ जनाको स्वाब संकलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको थियो। पठाइएको स्वाबमध्ये १० जनाको परीक्षण गर्दा एकजनामा कोभिड– १९ को भाइरस एकजना भाइरल इन्फ्लुएन्जा एकजनामा भाइरल इन्फ्लुएन्जा बी र अरू सातजना बिरामीमा भाइरल इन्फ्लुएन्जा भएको रिपोर्ट जिल्ला अस्पातलमा प्राप्त भएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुको प्राप्त रिपोर्टअनुसार उक्त भाइरल इन्फ्लुएन्जा भएको पुष्टि भए पनि थप अनुसन्धानका लागि त्यस क्षेत्रमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत इपिडिमियोलोजी महाशाखा, विश्व स्वास्थ्य संगठन सुर्खेत र जिल्ला अस्पतालबाट गरी तीनजनाको डाक्टरसहितको टोली बुधबार नै सोरु गाँउपालिका– ६ पुरुमुरू र जिमा गाउँतर्फ हिँडेको र डाक्टरको टोली केही दिन उक्त स्थानमा बसेर थप अनुसन्धान गर्ने प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले जानकारी गराए।

सोरु गाउँपालिकाका उपाध्यक्ष केशरबहादुर शाहीले दिएको जानकारीअनुसार केही समय अगाडिबाट फैलिएको भाइरल इन्फ्लुएन्जा नियन्त्रण गर्न गाउँपालिकाले औषधिसहित स्वास्थ्यकर्मी परिचालन गरेको छ। 

बुधबार जिल्ला अस्पतालबाट डाक्टरसहित टोली गाउँमा पुग्ने बताइएको छ। उपाध्यक्ष शाहीका अनुसार दुवै गाउँमा अहिले बिरामीहरूको संख्या पहिलाको भन्दा घट्दै गएको छ।

सोरु गाउँपालिका– ६ पुरुमुरू गाउँका ७२ वर्षीय हरिबहादुर शाही सोही गाउँकी ७५ वर्षीया कृति छत्याल र २४ वर्षीया कुशुम ढोलीको रुघाखोकी ज्वरोबाट माघको दोस्रो साता मृत्यु भएको थियो।
 

ad
ad