१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २० बिहीबार १o:o९:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

जितविहीन हुनबाट जोगियो कोशी

लुम्बिनीलाई १६ रनले हराउँदै कोशीले आफ्नो अन्तिम खेलमा एक मात्र जित हात पार्‍यो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १o:o९:oo

प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोतिगामा सहभागी १० मध्ये कोशीले खराब प्रदर्शन ४०औँ खेलमा समाप्त भएको छ । कोशीले आफ्नो अन्तिम तथा नवौँ खेलमा जित निकाल्न सफल भयो । लगातार आठ खेलमा पराजित कोशीले मंगलबार त्रिवि मैदानमा लुम्बिनीमाथि १६ रनको रोमाञ्चक जित निकाल्यो । यससँगै कोशीले एक जित र आठ हारका साथ प्रतियोतिगामा आफ्नो सहभागिता पूरा गरेको छ । लगातार खराब प्रदर्शनसँगै कोशी जितविहीन हुने अवस्थामा पुगेको थियो । तर, लुम्बिनीविरुद्ध सौजन घिमिरे ब्याटिङ र बलिङमा चम्केपछि कोशीले महत्वपूर्ण जित निकाल्न सफल भयो । तालिकाको पुछारमा रहेको कोशीले दुई अंक जोडेको छ । 

त्रिवि मैदानमा पहिलो ब्याटिङ गरेको कोशी ४४.४ ओभरमा एक सय ७२ रनमै अलआउट भएको थियो । सहज लक्ष्य पछ्याएको लुम्बिनी ४६.५ ओभरमा सबै विकेटको क्षतिमा एक सय ५६ रनमा समेटियो । कोशीको जितमा सुजनले घातक बलिङ गरे । उनले ३१ रन खर्चेर तीन विकेट लिँदा एक मेडन ओभर पनि फ्याँके । यसैगरी, आभ्यास तिमिस्लिनाले ३९ रन खर्चेर दुई विकेट लिए । कमल खत्रीले तीन मेडन राखी ३० रन खर्चेर दुई विकेट हात पारे । 

चलेन लुम्बिनीको ब्याटिङ
लुम्बिनीले लक्ष्य पछ्याएको इनिङ्समा कुनै पनि समय चुनौती प्रस्तुत गर्न सकेन । निरन्तर रूपमा विकेट पतन हुँदा लुम्बिनी लक्ष्यसम्म पुग्न नसकेको हो । ओपनर मिर्नाल गुरुङ तीन रन तथा सम्राट भुसाल २६ रनमा रनआउट भए । मध्यक्रममा कप्तान सुशान्त थापाले १३ बलमा ११ रन तथा प्रज्वल थापाले पाँच बलमा दुई रन मात्र जोडे । इनिङ्सको १०.४ ओभरमा लुम्बिनीले प्रज्वललाई गुमाउँदा ४४–४ को अवस्थामा रह्यो । त्यसपछि दिल्साद अली र भरत भण्डारीबीच पाँचै विकेटका लागि ६३ रनको साझेदारी भयो । यी दुईबीचको साझेदारीले लुम्बिनीले जितको सम्भावनालाई जिवितै राखेको थियो । 

तर, अलीलाई तिमिल्सिनाले बोल्ड गरेपछि कोशी खेलमा फर्कियो । अलीले ६४ बलमा दुई चौकाको सहयोगमा ३२ रन जोडे । विराट ३१.१ ओभरमा आउट भए । उनलाई कमल कार्कीले क्याट आउट गराए । क्रिजमा सेट भइसकेका दुई ब्याट्सम्यान आउट भएपछि लुम्बिनीले बिस्तारै खेल गुमायो । विराटले ६० बलमा तीन चौकाको सहयोगमा २८ रन जोडे । कृष्ण कार्कीले २२ बलमा तीन चौका र एक छक्काको सहयोगमा २२ रन जोडे । 

यसअघि पहिलो ब्याटिङ गरेको सौजन घिमिरेले अन्तिमतिर कामेसीको ब्याटिङ सम्हालेका थिए । कोशीको ब्याटिङ इनिङ्समा उनी नै अन्तिम विकेटका रूपमा आउट भएका थिए । आठौँ क्रममा ब्याटिङ गरेका उनले ६९ बलमा समान दुई चौका र छक्का प्रहार गरी ४३ रन जोडे । कप्तान अंकित सुवदेीले ६५ बल सामना गरी नौ चौकाको सहयोगमा ४९ रन जोडे । उनी अर्धसतकीय इनिङ्स खेल्न एक रनले चुके । सो इनिङ्समा अंकित र सुजन थापलियाबीच पाँचौँ विकेटका लागि ३४ रनको साझदोरी भएको थियो । इनिङ्सको एक समयमा कोशी ७२–४ को अवस्थामा थियो । मिनस थापादे ३४ बलमा २५ रन जोड्न पाँच चौका प्रहार गरे ।

ad
ad