१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार २o:१६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

टिपरको ठक्करबाट युवकको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार २o:१६:oo

मकवानपुरको हेटौँडामा सोमबार टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक युवाको ज्यान गएको छ। मृत्यु हुनेमा मकवानपुरगढी गाउँपालिका धमिले घर भई हेटौँडा उपमहानगरपालिका– १७ दाबिले बस्ने २८ वर्षीय हरि पनेरू छन्।

पनेरू चढेको ना. २६प ४४२५ नम्बरको मोटरसाइकललाई मधेश प्रदेश ०३ ००१ ख ७९०३ नम्बरको टिपरले हेटौँडा उपमहानगरपालिका– १७ गैरीगाउँमा ठक्कर दिएको थियो। 

उनी मोटरसाइकलमा सालक पार्कबाट चौघडातर्फ आउँदै थिए। पनेरूको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।  

मोटरसाइकलमा पछाडि बसेकी पनेरूकी श्रीमती सामान्य घाइते भएकी छिन्। उनको हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। टिपरचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

ad
ad