१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
मञ्जु टेलर काठमाडौं
२o८१ बैशाख २२ शनिबार १८:५४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

लोमसकाे सिटोफेन नामक सिटामोल बिक्री - वितरणमा रोक

Read Time : < 1 मिनेट
मञ्जु टेलर, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १८:५४:oo

औषधि व्यवस्था विभागले लोमस फर्मास्युटिकल्सद्वारा उत्पादित सिटोफेन पारासिटामोल बिक्री- वितरणमा रोक लगाएको छ। परीक्षणका क्रममा औषधिको गुणस्तर न्यून रहेको पाइएकाले बिक्री-वितरणमा रोक लगाइएको विभागले जनाएको छ।

विभागले आइतबार सूचना जारी गर्दै बिक्री-वितरण गर्न पूर्ण रूपमा रोक लगाएको हो। विभागका अनुसार कम्पनीको सिटी २०२३ ब्याचको ५०० एमजी पारासिटामोल ट्याबलेट न्यून गुणस्तरको भेटिएको हो।

यस्तै, गुणस्तरहीन औषधिले शरीरमा नकारात्मक असर पुर्‍याउन सक्ने भएकाले बजारबाट फिर्ता ल्याउनसमेत विभागले निर्देशन दिएको छ।

औषधि ऐन, २०३५ को दफा १४ बमोजिम बिक्री-वितरण बन्द गरी बजारबाट तुरुन्त फिर्ता गर्न र सोको विवरण विभागमा पेस गर्न लोमस फर्मास्यिुटिकललाई निर्देशन दिएको छ। साथै, उक्त औषधि प्रयोगमा नल्याउनसमेत सर्वसाधारणलाई आग्रह गरिएको छ।
 

ad
ad