१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार ११:५७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

‘जनताका समस्या बुझ्न समुदायमा कांग्रेस अभियान’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार ११:५७:oo

कांग्रेसका केन्द्रीय सदस्य डा. गोविन्द पोखरेलले कांग्रेसले सुरु गरेको ‘समुदायमा कांग्रेस’ अभियानमा तल्लो तहका नागरिकका कुरा सुनिने बताएका छन्।

प्रेस युनियनका जिल्लास्थित पत्रकारसँग आज यहाँ भएको अन्तर्क्रियामा पोखरेलले यस अभियानमा नेताको भाषण सुन्ने नभएर जनताका कुरा सुन्ने बताए।  गाउँगाउँमा पुगेर आमनागरिकका धारणा लिएर पार्टीले नीति बनाउने उनको भनाइ थियो।

बिपी कोइरालाले जनतासँग धारणा बुझेर नीति बनाएका भन्दै नेता पोखरेलले अहिलेको परिवेशअनुसार कांग्रेस अघि बढ्नलाई अभियान सार्थक हुने विश्वास व्यक्त गरे।

बसाइँसराइ, प्रविधिको हस्तक्षेप, अन्तर्राष्ट्रिय ज्ञानलगायत विविध परिवेश फेरिएको भन्दै उनले सोहीअनुसार अघि बढ्न अभियान गरिएको बताए।

चितवन जिल्लाका पार्टी सभापति राजेश्वर खनालले अभियानमा जिल्लाका नेता–कार्यकर्ताका भूमिकाबारे जानकारी गराएका थिए। यही माघ १३ गतेदेखि सुरु भएको अभियान २६ गतेसम्म सञ्चालन हुनेछ।

ad
ad