१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार ११:४८:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

माउन्टेन ग्लोरीको साधारण सेयर एलएस क्यापिटलले निष्कासन गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार ११:४८:oo

आठ वर्षदेखि पोखराको दोभिल्लामा माउन्टेन ग्लोरी फरेस्ट रिसोर्ट एन्ड स्पा सञ्चालन गर्दै आएको माउन्टेन ग्लोरी लिमिटेडले साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित ४० लाख कित्ता सेयर निष्कासन गर्न लक्ष्मी सन्राइज बैंकको सहायक कम्पनी लक्ष्मी सन्राइज (एलएस) क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । 

नियुक्तिसम्बन्धी सम्झौतामा कम्पनीका अध्यक्ष सुनीलभक्त श्रेष्ठ र क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले हस्ताक्षर गरेको जनाइएको छ । एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ४० प्रतिशत लगानी रहेको उक्त रिसोर्टले सेयर निष्कासनपश्चात् कोठाहरू थप गरी विदेशी होटेलसँग अनुबन्धन गरी पाँचतारे होटेलका रूपमा सेवा उपलब्ध गराउने जनाएको छ ।

ad
ad