
आइसिसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत अफगानिस्तानविरुद्ध नेपालले उत्कृष्ट बलिङ गरेको छ। ११.३ ओभरको ओभरको खेल चलिरहँदा नेपालले अफगानिस्तानको ६ विकेट झारेको छ।
नेपालका आकाश चन्द एक्लैले पाँच विकेट लिएर अफगानिस्तानको टिमलाई दबाबमा राखेका छन्। नेपालका लागि गुल्सन झाले एक विकेट लिए।
ताजा अवस्थामा १२ ओभरको खेल चलिरहँदा ६ विकेट गुमाएर अफगानिस्तानले ४३ रन बनाएको छ।