
राष्ट्रिय सभा सदस्य निर्वाचनअन्तर्गत बागमती प्रदेशबाट दलित क्लस्टरमा एकीकृत समाजवादीबाट घनश्याम रिजाल विश्वकर्मा विजयी भएका छन्।
बिहीबार सम्पन्न निर्वाचनबाट उनले ६ हजार पाँच सय १२ मतभार पाएर विजयी भएका हुन्। विश्वकर्मालाई स्थानीय तहतर्फ एक सय ६७ र प्रदेश सभातर्फ ६३ जनाले मत दिएका थिए।
विपक्षी एमालेका ध्रुवराज विश्वकर्माले तीन हजार ५२ मतभार पाए। उनलाई स्थानीय तहतर्फ ६३ जना र प्रदेशतर्फ ३५ जनाले मतदान गरेका थिए।