बागमतीमा गठबन्धनबाट घनश्याम रिजाल विजयी

बिहिबार, ११ माघ, २०८०
डिजिटल संस्करण

राष्ट्रिय सभा सदस्य निर्वाचनअन्तर्गत बागमती प्रदेशबाट दलित क्लस्टरमा एकीकृत समाजवादीबाट घनश्याम रिजाल विश्वकर्मा विजयी भएका छन्। 

बिहीबार सम्पन्न निर्वाचनबाट उनले ६ हजार पाँच सय १२ मतभार पाएर विजयी भएका हुन्। विश्वकर्मालाई स्थानीय तहतर्फ एक सय ६७ र प्रदेश सभातर्फ ६३ जनाले मत दिएका थिए।

विपक्षी एमालेका  ध्रुवराज विश्वकर्माले तीन हजार ५२ मतभार पाए। उनलाई स्थानीय तहतर्फ ६३ जना र प्रदेशतर्फ ३५ जनाले मतदान गरेका थिए।
 

सुझावित समाचार