१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० माघ ११ बिहीबार १६:५२:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेपाल लाइफ इन्स्योरेन्सद्वारा ट्राफिक प्रहरीलाई चेकिङ बोर्ड प्रदान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० माघ ११ बिहीबार १६:५२:००

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ट्राफिक प्रहरीलाई करिब १८ लाख रुपैयाँबराबरको चेकिङ बोर्ड प्रदान गरेको छ।

बुधबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथमा एक विशेष समारोहबीच कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेललाई एक सय ९० थान चेकिङ बोर्ड हस्तान्तरण गरेका हुन्।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत पराजुलीले काठमाडौं उपत्यकाको विभिन्न स्थानमा ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले गर्ने चेकिङलाई थप व्यवस्थित र सुरक्षित बनाउन संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ट्राफिक चेकिङ बोर्ड प्रदान गरिएको बताए।

साथै उक्त चेकिङ बोर्डहरूको निरन्तर प्रयोगका लागि आगामी पाँच वर्षसम्म आवश्यक मर्मत सम्भारसमेत कम्पनीले नै गर्ने बताइएको छ।

कार्यक्रममा बोल्दै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक पोखरेलले कम्पनीले गरेको सहयोगका लागि धन्यवाद ज्ञापन गरे।