१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १६:o४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सुदूरपश्चिममा मतगणना सुरु, मेयर हमालसहित दुईजना अनुपस्थित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १६:o४:oo

राष्ट्रिय सभा सदस्य निर्वाचनअन्तर्गत सुदूरपश्चिम प्रदेशको निर्वाचनमा स्थानीय तहका दुई प्रतिनिधि अनुपस्थित भएका छन्।

धनगढी उपमहानगरपालिका प्रमुख गोपाल हमाल र कैलालीको भजनी नगरपालिकाका उपप्रमुख राजु तिरुवा मतदानमा सहभागी नभएकाे निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

मेयर हमाल स्वतन्त्रबाट र उपमेयर तिरुवा नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित जनप्रतिनिधि हुन्। तिरुवा बिरामी भएका कारण अनुपस्थित रहेको बताइएको छ।

सुदूरपश्चिम प्रदेश सभाका ५२ जना सदस्यले मतदान गरेका छन्। त्यस्तै, एक सय ७३ जना स्थानीय तहका प्रमुख, उपप्रमुखले मतदान गरेका प्रदेश निर्वाचन कार्यालयका निमित्त प्रमुख प्रेम भट्टले जानकारी दिए।

सुदूरपश्चिमबाट राष्ट्रिय सभाका तीन सदस्यका लागि धनगढीस्थित प्रदेश सभा परिसरमा मतदान भएको हो। मतदान सकिएसँगै मतगणना सुरु भएको छ।

सत्तारूढ गठबन्धनबाट अपांगतातर्फ नेपाली कांग्रेसका नारायणदत्त भट्ट र अन्यतर्फ काँग्रेसकै बलदेव बोहरा तथा महिलातर्फ माओवादीका रेणु चन्द उम्मेदवार छन्। त्यस्तै, एमालेबाट अन्यतर्फ ईश्वरीप्रसाद खरेल, अपांगतामा रामचन्द्र जोशी र महिलामा सावित्रीदेवी घिमिरे प्रतिस्पर्धामा छन्।

ad
ad