१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १२:५९:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

२०२३ मा जापानको व्यापार घाटा ६३ अर्ब डलर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १२:५९:oo

जापानको व्यापार घाटा सन् २०२३ मा आधाभन्दा बढीले घटेर अघिल्लो वर्षको तुलनामा ९.२९ ट्रिलियन येन अर्थात् करिब ६३ अर्ब अमेरिकी डलरमा झरेको सरकारी तथ्यांकले देखाएको छ।

कुल निर्यात २.८ प्रतिशतले वृद्धि भई पहिलोपटक १००.८९ ट्रिलियन येनभन्दा बढी पुगेको छ। निर्यात वृद्धि सन् १९७९ देखि रेकर्ड राख्न थालिएपछिको सबैभन्दा उच्चस्तर हो। 

कार वा चारपांग्रे हल्का साधनको निर्यात ३२.७ प्रतिशतले बढेको छ भने निर्माण तथा खानी मेसिनरीको निर्यात १६.२ प्रतिशतले बढेको छ। यसैबीच, तेल र ग्यासको मूल्यमा आएको कमीका कारण आयात ७.० प्रतिशतले घटेर ११०.१८ ट्रिलियन येनमा झरेको हाे।

बढ्दो आयात लागत र कमजोर येनको मारमा परेको जापानलाई बलियो निर्यात वृद्धिले आफ्नो व्यापार घाटा कम गर्न मद्दत गरेको छ। लगातार तेस्रो वर्षसम्म व्यापार घाटा भएको क्योदो न्युजले जनाएको छ।

डिसेम्बरमा मात्रै अघिल्लो वर्षको तुलनामा निर्यात ९.८ प्रतिशतले बढेको छ भने आयात ६.८ प्रतिशतले घटेको छ। यसको कारण मासिक व्यापार अधिशेष ६२.१ अर्ब येन पुगेको छ।
 

ad
ad