Skip This
कांग्रेस महामन्त्री थापा मेची–महाकाली संवाद यात्रामा 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o माघ १० बुधबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o माघ १० बुधबार o९:५३:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

कांग्रेस महामन्त्री थापा मेची–महाकाली संवाद यात्रामा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o माघ १० बुधबार o९:५३:oo

कांग्रेस महामन्त्री गगन थापाले मेची–महाकाली संवाद यात्रा थाल्ने भएका छन् । जनस्तरमा पुग्ने कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियानअन्तर्गत उनले १३ माघदेखि झापाबाट अभियान थाल्न लागेका हुन् ।

थापाका अनुसार भद्रपुर नगरपालिका– ५ मेचीपुल भन्सारबाट संवाद यात्रा सुरु हुनेछ । अभियान कांग्रेस र देशको अवस्थाबारे जनस्तरका गुनासा, समस्या र सुझाव लिन केन्द्रित रहने उनको भनाइ छ । २१ जिल्लामा सञ्चालन हुने अभियान २६ माघसम्म हुनेछ ।

अभियान झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपुर, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरसम्म सञ्चालन हुनेछ ।

कांग्रेसले सांगठनिक सुदृढीकरणको लक्ष्यसहित अभियानलाई वार्षिक कार्यतालिकामा समावेश गरेको थियो । यसअघि पटक–पटक तय भएर सर्दै आएको अभियान पछिल्लो समय राष्ट्रिय सभा निर्वाचनका कारण सरेको थियो । संवाद यात्रामा महामन्त्री थापा मात्रै सहभागी हुनेछन् ।