१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौैं
२o८१ बैशाख २० बिहीबार o६:२६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

लोककल्याणकारी विज्ञापनको रकम  दोब्बर गर्न काउन्सिलको सुझाव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o६:२६:oo

प्रेस काउन्सिलले पत्रपत्रिका प्रकाशन गरेबापत पाउँदै आएको लोककल्याणकारी विज्ञापनको रकम दोब्बर गर्न सरकारलाई सुझाव दिएको छ । हालै बसेको बोर्ड बैठकबाट लोककल्याणकारी विज्ञापनबापतको रकम लामो समयसम्म वृद्धि नभएको र टिकाइरहन कठिनाइ भएको भन्दै रकम दोब्बर गर्न सुझाव दिने निर्णय गरेको हो । 

काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालले मंगलबार जारी गरेको विज्ञप्तिमा छापामाध्यमलाई टिकाइराख्न समस्या आइरहेको सन्दर्भमा प्रादेशिक र स्थानीय निकायका विज्ञापन/सूचना तत्–तत् स्थानका पत्रपत्रिकाले नपाएको विषयमा समेत काउन्सिलको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।

‘बैठकले स्थानीय र प्रदेशस्तरका सरकारी विज्ञापन/सूचना प्रकाशनका लागि स्थानीय र प्रदेशस्तरका पत्रपत्रिकालाई प्राथमिकताका साथ उपलब्ध गराउन सम्बन्धित निकायमा लेखी पठाउने निर्णय गरेको छ,’ विज्ञप्तिमा भनिएको छ । काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले छापा माध्यमलाई बचाउन विशेष ध्यान दिनुपर्ने अवस्था आएकाले यस्तो निर्णय लिएको बताए  ।

‘सबै छापा माध्यम चरम संकटमा छन् । स्थानीय र प्रदेशस्तरका छापामाध्यम झन् अस्तित्व रक्षाको चरणमा रहेकाले सूचना प्रविधिको पछिल्लो विकासक्रमसँग जोड्दै सुधार हुन जरुरी छ,’ उनले भने, ‘राज्यस्तरबाट पनि छापामाध्यमलाई बचाउन विशेष ध्यान दिनुपर्ने अवस्था आएकाले यो निर्णय गरिएको हो ।’ 

 

ad
ad