१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० माघ ९ मंगलबार २१:२१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

आपराधिक लाभ मुद्दामा दुईलाई कैद सजाय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० माघ ९ मंगलबार २१:२१:००

जिल्ला अदालत काठमाडौंले आपराधिक लाभको एक मुद्दामा फैसला गर्दै एक युवती र एक युवकलाई सजाय सुनाएको छ। काठमाडौंको बुढानीलकण्ठ नगरपालिका– ६ घर भएकी देवी थापा र ललितपुरको महालक्ष्मी नगरपालिका– ५ ठेगाना भएका सुदर्शन सापकोटा दोषी ठहर भएका हुन्। 

सोमबार न्यायाधीश श्यामलाल घिमिरेको इजलासले यस्तो फैसला गरेको हो। जिल्ला अदालतका अनुसार थापालाई ६ महिना कैद र पाँच हजार रुपैयाँ जरिवाना तोकिएको छ। साथै, पीडित ज्ञानबहादुर रानासमेतलाई थापाबाट सात लाख रुपैयाँ भराउनेसमेत फैसलामा उल्लेख छ। 

अर्का प्रतिवादी सापकोटालाई भने सात दिन कैद र एक हजार रुपैयाँ जरिवाना सुनाइएको छ। रानासमेतसँग पैसा लिई फिर्ता नदिएको तथा माग्दा उल्टै बलात्कारको मुद्दा दायर गरेको अभियोगपत्रमा उल्लेख छ। 

पीडित राना नेपाल प्रहरीमा कार्यरत छन्। थापाले अन्य विभिन्न व्यक्तिसँग पनि यसैगरी रकम ठगेको र आपराधिक लाभ लिएको पुष्टि भएपछि सजाय सुनाइएको हो। 

जिल्ला अदालतमा ६ मंसिर ०७८ मा आपराधिक लाभ (एक्सटर्सन) को मुद्दा दायर भएको थियो। दुई वर्षपछिको फैसलामा आंशिक अभियोग दाबी पुग्ने भन्दै दुवै प्रतिवादी उपर कसुर कायम भई सजाय तोकिएको छ।