१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
गगन अयडी बाजुरा
२o८१ जेठ ४ शुक्रबार १२:५o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

घटालमाडौं आधारभूतका विद्यार्थीले पाए राहत, भूकम्पले भत्किएको भवन पनि बन्ने

समाचार प्रभाव

Read Time : < 1 मिनेट
गगन अयडी, बाजुरा
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार १२:५o:oo

गत १६ असोजमा गएको भूकम्पले विद्यालय भवन भत्काएपछि घटालमाडौं आधारभूत विद्यालयका विद्यार्थी खुला आकाशमा पठनपाठन गर्दै आएका थिए। 

सोही विषयमा नयाँ पत्रिका दैनिकमा समाचार सम्प्रेषण भएलगत्तै विद्यार्थीले न्यानो लुगा, शैक्षिक सामग्री पाएका छन् भने विद्यालयको चारकोठे भवन निर्माण हुने भएको छ।

बाजुरा जिल्लाको खप्तड छेडेदह गाउँपालिका– ५ मा रहेको श्री घटालमाडौं आधारभूत विद्यालयका एक सय २० विद्यार्थीलाई न्यानो लुगा वितरण गरिएको छ।

समाचार प्रकाशित भएपछि काठमाडौंमा रहेको भोलेन्टियर क्रप नेपालको आयोजनामा विद्यालयका एक सय २० विद्यार्थीलाई तत्काल न्यानो लुगासँगै शैक्षिक सामग्री वितरण गरेको विद्यालयका अध्यक्ष लालबहादुर रावतले जानकारी दिए।

भोलेन्टियर क्रप नेपाली उपाध्यक्ष राधा मतांगीका अनुसार वर्ल्ड भिजन एड्भोकेसी फोरम टिचिङ नेपाल, नेदरल्यान्डको आर्थिक सहयोगमा न्यानो लुगा वितरण गरिएको हो। तत्काल विद्यालय भवन निर्माणको काम अघि बढाउने योजना रहेको उपाध्यक्ष मतांगीले बताइन्।
 

ad
ad