१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
प्योङयाङ
२o८१ बैशाख १९ बुधबार o९:२o:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व प्रिन्ट संस्करण

उत्तर कोरियाको भ्रमण गर्न चाहन्छन् पुटिन 

Read Time : < 1 मिनेट
प्योङयाङ
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o९:२o:oo

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियाको भ्रमण गर्ने इच्छा व्यक्त गरेका प्योङयाङले जनाएको छ । ‘पुटिनले चाँडै उत्तर कोरियाको भ्रमण गर्ने इच्छा व्यक्त गरेका छन्’ डेमोक्रेटिक पिपुल्स रिपब्लिकन अफ कोरिया (डिपिआरके)ले एक विज्ञप्तिमा भनेको छ । युक्रेनमा विशेष सैन्य कारबाहीमा रुसी सरकारप्रति पूर्ण समर्थन र ऐक्यबद्धता देखाएकोमा मस्कोले प्योङयाङप्रति आभार व्यक्त गरेको छ ।

उत्तर कोरियाका एक शीर्ष राजनीतिज्ञले पनि आफ्नो मुलुक रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई ‘अभिवादन गर्न तयार’ रहेको बताए । परम्परागत सहयोगी रुस र उत्तर कोरियाले हालै आपसी सम्बन्धलाई बढाएका छन् । उत्तर कोरियाली नेता किम जोङ उनले गत सेप्टेम्बरमा रुसको सुदूरपूर्वमा पुटिनसँग भेट्न दुर्लभ विदेश यात्रा गरेका थिए । पश्चिमाहरूले युक्रेनमा रुसी हमला समर्थन गर्न मस्को र प्योङयाङ मिलेर काम गरेको आरोप लगाउँदै आएका छन् । उत्तर कोरियाले आफ्नो सहयोगी रुसलाई लाखौँ तोपखाना गोला र हतियार पठाएको विश्वास गरिन्छ । 

उत्तर कोरियाका विदेशमन्त्री चो सोन हुई गत साता पुटिन र आफ्ना रुसी समकक्षी सर्गेई लाभरोभसँग भेट गर्न मस्को पुगेका थिए । कोरियन सेन्ट्रल न्युज एजेन्सीका अनुसार सो अवसरमा विदेशमन्त्री चोले पुटिनलाई उत्तर कोरियाको भ्रमण गर्न निम्तो दिएका थिए । चोले भनेका थिए , ‘उत्तर कोरियाली सरकार कोरियाली जनताको सबैभन्दा निकट मित्रलाई पूरै इमानदारीका साथ स्वागत गर्न तयार छ ।’ 

रुस र उत्तर कोरियाबीच बढ्दो सैन्य तथा आर्थिक सहयोगले वासिङ्टन र सोलमा चिन्ता बढाएको छ । मस्कोका रक्षा तथा विदेशमन्त्रीहरूसहितको शीर्ष रुसी अधिकारीहरूले गत वर्ष उत्तर कोरियाको भ्रमण गरेका थिए । यसबाट सम्भावित हतियार सम्झौतालाई लिएर किएभका सहयोगीहरूबीच चिन्ता बढेको थियो । 

ad
ad