१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार o८:३७:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

क्रिप्टो र हुन्डी कारोबारमा  परिवार नै संलग्न 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o८:३७:oo

दुई खर्ब ८६ अर्ब रुपैयाँबराबरको क्रिप्टो तथा हुन्डी कारोबार गर्ने गिरोहमा परिवार नै संलग्न रहेको दाबी गरी प्रहरीले मुद्दा दायर गरेको छ । काठमाडौंको बागबजारका रुपेश श्रेष्ठ नेतृत्वको गिरोहमा उनका परिवारका अन्य सदस्यको समेत संलग्नता रहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले जनाएको छ ।

रुपेश, उनकी श्रीमती रचना शर्मा, भाइ दिपेश श्रेष्ठ, भान्जा अंशुल श्रेष्ठलाई प्रतिवादी बनाएर मुद्दा दायर भएको हो । रपेशका अर्का भान्जा आयुष श्रेष्ठको समेत कारोबारमा संलग्नता पुष्टि भए पनि ठेगाना प्रस्ट हुन नसकेको भन्दै उनलाई प्रतिवादी बनाइएको छैन । उनीहरूमध्ये दिपेश र अंशुल अमेरिकामा बसेर नेपालमा हुन्डी र क्रिप्टो कारोबारमा संलग्न रहेको दाबी गरिएको छ । 

आइतबार जिल्ला अदालत काठमाडौंमा दायर गरेको मुद्दामा १७ जनालाई प्रतिवादी बनाइएको छ । जसमध्ये रुपेशसहित पाँचजना पक्राउ परेका छन् । रुपेशसहित आशिष अग्रवाल, मीनबहादुर जिसी, कुमार परियार र झनीन्द्रप्रसाद खतिवडालाई प्रहरीले पक्राउ गरेको हो । १२ जनालाई फरार प्रतिवादी बनाइएको छ ।

भारतीय नागरिक विमल पोद्दारसहित नुवाकोटका शरद भट्टराई, धादिङका वीरेन्द्र मगर, सुनसरीका बिगलसिंह शर्मा, सिन्धुलीका ओमकुमार श्रेष्ठ, स्याङ्जाका दीपक शर्मा, रामेछापका वङ्देन फुन्सोक लामा, नवलपरासीका गोविन्द श्रेष्ठ र रामेछापका रुदे तामाङलाई फरार प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ । गिरोहका नाइकेमध्ये एक भारतीय नागरिक पोद्दार हुन् । 

ad
ad