१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार १o:२o:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

यू–१९ विश्वकपमा नेपाल र न्युजिल्यान्ड भिड्दै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १o:२o:oo

आइसिसी यू–१९ एकदिवसीय विश्वकपको पहिलो खेलमा आज नेपालले टेस्ट मान्यताप्राप्त राष्ट्र न्युजिल्यान्डविरुद्ध प्रतिस्पर्धा गर्दै छ । शनिबारबाट दक्षिण अफ्रिकामा सुरु भएको १५औँ संस्करणमा आइपुग्दा नेपालको ठूलो उपलब्धि छैन । नेपालसहित विश्वका १६ देश उपाधि जित्ने लक्ष्यमा छन् । इस्ट लन्डनमा नेपाल र न्युजिल्यान्ड दुवैको लक्ष्य विजयी सुरुवात गर्ने रहेको छ । नेपालका कप्तान देव खनालले युवा टोलीबाट उत्कृष्ट प्रदर्शनको आशा गरेको बताएका छन् । उनले न्युजिल्यान्डको चुनौती सामना गर्न तयार भएको प्रतिक्रिया दिएका छन् । 

नेपाली टोलीमा देवसहित सिनियर टोलीबाट खेलेका गुल्सन झा छन् । दुई खेलाडीसँगै दीपक बोहरा, दिपेश कँडेल, अर्जुन कुमाल, आकाश त्रिपाठी, सुवास भण्डारीले सानदार प्रदर्शन गर्न सक्छन् । प्रशिक्षक जगत टमाटाको योजना पनि अनुभवी खेलाडीलाई लामो साझेदारी गराउनेमा रहेन । उनले खेलाडीलाई मानसिक रूपमा बलियो बनाएको बताउँदै आएका छन् । दक्षिण अफ्रिकाको पिच बलिङमैत्री भएकाले नेपाली ब्याटरलाई समस्या हुन सक्छ । तर, प्रशिक्षक टमाटाले त्यसलाई मध्यनजर गर्दै टोली तयार पारेका छन् । 

ओस्कार ज्याक्सनको कप्तानीमा न्युजिल्यान्ड पनि नेपाललाई कठिन मान्नेछैन । न्युजिल्यान्ड प्रतियोगिताको उपाधि दाबेदारमध्ये एक हो । समूह ‘डी’मा नेपाल र न्युजिल्यान्डसहित पाकिस्तान र अफगानिस्तान छन् । तीन टेस्टविरुद्ध खेल्न नेपाललाई पक्कै सहज हुनेछैन । जसमा पाकिस्तान दुईपटकको च्याम्पियन हो । समूहका न्युजिल्यान्ड र अफगानिस्तान पनि उपाधिविहीन छन् । यसअघि पाकिस्तानले दुईपटक जित्दा भारतले सर्वाधिक पाँचपटक उपाधि जितेको छ । अस्ट्रेलियाले तीन तथा बंगलादेश दक्षिण अफ्रिका, वेस्ट इन्डिज र इंग्ल्यान्डले समान एकपटक जितेका छन् । 

यू–१९ विश्वकपमा नेपालले सातपटक सहभागिता जनाइसकेको छ । तर, यसपटक नेपाल आठ वर्षपछि प्रतियोगितामा सहभागी भएको हो । नेपालले गत वर्षको फागुनमा भएको यू–१९ एसिया छनोटको फाइनलमा संयुक्त अरब इमिरेट्स (युएई)लाई हराउँदै विश्वकपमा स्थान बनाएको थियो । 

ad
ad