१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार o७:५९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

दलगत स्वार्थ नहेरी विकास निर्माणमा सबैले पहल गर्नुपर्छ : लामिछाने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o७:५९:oo

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विकास निर्माणमा सबै तहका सरकारको सहकार्य जरुरी रहेको बताएका छन् । शनिबार चितवन र तनहुँ जोड्ने ठिमुरा पुलको स्थलगत निरीक्षणपछि उनले सबैको सहकार्यबाट मात्र विकास निर्माण समयमै सम्पन्न हुनसक्ने बताए । कुनै दलगत स्वार्थ नहेरी विकास निर्माणमा सबैले पहल गरे सफल हुनेमा उनको जोड थियो । 

ठिमुरा पुल बन्न १० वर्ष लाग्नु लज्जाको विषय भएको बताउँदै लामिछानेले यसबारे आफूले खबरदारी गर्दै आएको जानकारी दिए । ‘देशमा विकास आयोजना निकै सुस्तगतिमा निर्माण भइरहेका छन् । ठिमुरा पुल एउटा उदाहरण हो । यो पुल बन्न १० वर्ष कुर्नुपर्ने थिएन,’ उनले भने ।

लामिछानेले ठिमुरा पुल निर्माणका लागि यसअघिका सांसद र स्थानीय जनप्रतिनिधिले खेलेको भूमिका महत्त्वपूर्ण रहेको बताए । उनले चितवनको सडक निर्माण, खानेपानी र विकासका आयोजनामा सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए । ‘पुल, बाटो बनाउन धर्ना र पैदल हिँडेर ध्यानाकर्षण गराउनुपर्ने अवस्था आउनु राम्रो होइन ।

विकसित देश अन्तरिक्षको विकासमा प्रतिस्पर्धा गर्दैछन् । हामी पानी चाहियो, सडक बन्नुपर्‍यो भनेर जुलुस, धर्ना र ध्यानाकर्षण गर्दैछौँ’, लामिछानेले भने । रास्वपा उपसभापति एवं तनहुँ–१ का सांसद स्वर्णिम वाग्लेले आफूहरू देश बनाउने खाका लिएर हिँडेको बताए । उनले आयोजना अलपत्र हुनु राम्रो प्रणाली बन्न नसक्नुको परिणाम भएको बताए । रास्वपाले लामो समयदेखि अलपत्र २७ आयोजना चाँडै निर्माणका लागि दबाब यात्रा गर्ने निर्णय गरेको छ । 

ad
ad