१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
भोजराज भण्डारी काठमाडाैं
२o८१ बैशाख २२ शनिबार o७:४७:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

६ महिनामा ओटिसी बजारमा दुई अर्ब ३४ करोडको सेयर कारोबार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o७:४७:oo

चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ओभर द काउन्ट (ओटिसी) बजारमा दुई अर्ब ३४ करोडबराबरको सेयर किनबेच भएको छ । चालू आवको दोस्रो त्रैमासमा ६३ करोड ६५ लाख रुपैयाँको कारोबार भएको छ । २४ कम्पनीको प्रतिसेयर एक सय रुपैयाँदेखि एक हजार ८५ दशमलव ५ का दरले ५९ लाख ६७ हजार कित्ता सेयर किनबेच भएको हो । ओटिसी बजारमा नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकरण हुन नसकेका तथा सूचीकरण खारेजी भएका कम्पनीहरूको सेयर किनबेच हुने गर्छ । पहिलो त्रैमासमा एक करोड ३६ लाख कित्ता सेयर एक अर्ब ७१ करोड ६ लाख रुपैयाँमा किनबेच भएको थियो । 

यो मार्केटमा दलालविना नै शुक्रबार र सार्वजनिक बिदाका दिनबाहेक बिहान ११ बजेदेखि अपराह्न १ बजेसम्म नेप्सेमा कारोबार हुन्छ । सूचीकरण खारेजी भएका कम्पनीको सेयर किनबेच हुने व्यवस्था नभइरहेको अवस्थामा नेप्सेले पहिलोपटक ०६५ जेठमा ‘ओटिसी बजार नियमावली, २०६५’ ल्याएको हो । उक्त विनियमावलीअनुसार नेप्सेले स्वचालित कारोबारबाहेक छुट्टै काउन्टर खोली खारिदकर्ता र बिक्रीकर्ताको सीधै सम्पर्कबाट कारोबार गर्दै आएको छ ।

दोस्रो त्रैमासमा सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीमा नेपाल हस्पिटालिटी एन्ड होटेलको प्रतिकित्ता एक सयका दरले २५ लाख ४४ हजार कित्ता सेयर किनबेच हुँदा दुई करोड ५४ लाख ४५ हजार रुपैयाँको कारोबार भएको छ । त्यस्तै, चितवन फुड इन्डस्ट्री, हिलटन हाइड्रो र स्नोरिभर कम्पनीको पाँच करोड रुपैयाँको कारोबार भएको छ । उक्त कम्पनीको प्रतिकित्ता सय रुपैयाँका दरले पाँच लाख कित्ता सेयर किनबेच भएको हो ।

ad
ad