१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका दार्चुला
२o८१ बैशाख २० बिहीबार ११:१९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

दार्चुलामा बस दुर्घटना हुँदा १५ जना घाइते    

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, दार्चुला
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार ११:१९:oo

दार्चुला जिल्ला सदरमुकाम खलंगाबाट महेन्द्रनगरतर्फ जाँदै गरेको सुपप्र ०२ ००१ ख १०३१ नम्बरको बस महाकाली नगरपालिका– ५ स्थित डम्पिङसाइडनजिकै आज बिहान दुर्घटना हुँदा १५ जना यात्रु घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहका अनुसार घाइतेमध्ये एकजना गम्भीर, दुईजना मध्यम र अन्यको अवस्था सामान्य छ । घाइतेको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको छ । बस सडकबाट करिब २० मिटर तल खसेको जनाइएको छ ।     
 

ad
ad