१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १६:१२:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

एएफसी एसियन कप : अन्तिम मिनेटमा ओमानमाथि साउदी अरेबियाको जित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १६:१२:oo

अन्तिम समयको गोलसँगै साउदी अरेबियाले एएफसी एसियन कपमा ओमानमाथि २–१ गोलअन्तरको जित हासिल गरेको छ । १–० ले पछि परेको अवस्था उल्ट्याउँदै साउदी अरेबियाले महत्वपूर्ण तीन अंक आर्जन गर्‍याे । 

कतारको अल–रायनस्थित खलिफा अन्तर्राष्ट्रिय स्टेडियममा खेलको १४औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै ओमानले खेलमा अग्रता लिएको थियो । साउदीका डिफेन्डर असन अल तम्बाक्टीले डी बक्सभित्र मुहसेन अल घसानीलाई लडाएपछि ओमानले पेनाल्टी प्रहार गर्ने मौका पाएको थियो । जसलाई शतप्रतिशत सफल बनाउँदै सलाह अल याहयैले ओमानलाई अग्रता दिलाए । 

त्यसपछि साउदीले लगातार आक्रमण गरे पनि बललाई जाली चुमाउन लामो समय कुर्नुपर्‍याे । निरन्तरको प्रयासपछि ७८औँ मिनेटमा अब्दुल रहमान घरिबले खेललाई बराबरीमा ल्याए । पाँच डिफेन्डरलाई बिट गर्दै उनले सानदार गोल गरेका थिए । 

साउदीले त्यसपछि आक्रमणलाई अझ बढी तीव्र बनायो । निर्धारित ९० मिनेटपछि आठ मिनेट थपिएको थियो । त्यसको छैटौँ मिनेटमा साउदी अरबका अली अलबलाहीले हेडर गोल गर्दै जित सुनिश्चित गरे ।

जितपछि समूह एफमा थाइल्यान्ड र साउदी अरेबियाको तीन–तीन अंक भएको छ । पहिलो चरणको खेल सकिँदा ओमान र किर्गिस्तान अंकविहीन छन् । 

एसियाको सबैभन्दा प्रतिष्ठित फुटबल प्रतियोगिताअन्तर्गत आज साँझ सवा पाँच बजे चीनले लेबनानको सामना गर्नेछ । यस्तै, बेलुकी सवा आठ बजे कतारले ताजिकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । 

ad
ad