१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
२o८१ बैशाख २५ मंगलबार १o:१७:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

सफ्टवेरिका कलेजको आयोजनामा ‘टेडएक्स सफ्टवेरिका’ सम्पन्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार १o:१७:oo

सफ्टवेरिका कलेज अफ आइटी एन्ड ई–कमर्सले ‘टेडएक्स सफ्टवेरिका २०२४’ कार्यक्रम सम्पन्न गरेको छ । ‘विगतलाई अँगाल्दै, भविष्य कल्पना गर्दै’ भन्ने विषयवस्तुमा आधारित भएर ‘टेडएक्स सफ्टवेरिका २०२४’ आयोजना गरिएको हो । कार्यक्रममा सपना देख्ने र सपना पूरा गर्ने विभिन्न क्षेत्रका दिग्गज व्यक्तिहरू वक्ताका रूपमा उपस्थित भएका थिए ।

उपस्थित दर्शकसँग उनीहरूले आ–आफ्नो अनुभव र बुझाइ बाँडे । कार्यक्रममा वक्ताका रूपमा रहेकी हाइभलयका सहसंस्थापक प्रणयना केसीले महिला नेतृत्व, समानताको महत्व र वित्तीय क्षेत्रमा महिलाको भूमिकाबारे बताएकी थिइन् । अर्का वक्ता नेपाल टी कलेक्टिभका सहसंस्थापक अमिगो खड्काले केही फरक गर्ने सपना लिएर नेपाल फर्केको आफ्नो प्रेरणादायी यात्रा सुनाए । 

नबिल बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत (सिइओ) अनिलकेशरी शाहले खुसी खोज्ने र आफ्नो सर्वश्रेष्ठ संस्करण हुनुपर्नेबारे आफ्नो विचार राखे । त्यस्तै, खल्ती डिजिटल वालेटका प्रमुख विनय खड्काले सबैलाई आफूमा विश्वास गर्न, विगतबाट पाठ सिक्न, वर्तमानमा आनन्द लिन र भविष्यका लागि तयार रहन प्रोत्साहन गरेका थिए ।

ad
ad