१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०८० माघ ३ बुधबार ०९:२८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

मुगु घटना : पक्राउ परेका पाँचमध्ये तीनजनालाई १३ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

Read Time : < 1 मिनेट
२०८० माघ ३ बुधबार ०९:२८:००

मुगुमा १४ वर्षीया बालिकामाथि चार महिनाअघि सामूहिक बलात्कार भएको आरोपमा पक्राउ परेका पाँचमध्ये तीनजनालाई थप अनुसन्धानका लागि १३ दिनको म्याद थप गरिएको छ । बलात्कारमा संलग्न भएको आरोपमा प्रहरीले पाँचजनालाई पक्राउ गरेको थियो ।

तीमध्ये तीनजनालाई थप अनुसन्धानका लागि जिल्ला अदालतबाट १३ दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी निरीक्षक भूपेन्द्र बुढाथोकीले बताए । दुईजनालाई म्याद थपका लागि बुधबार अदालत पेस गरिने उनको भनाइ छ । घटनामा संलग्न चारजना फरार छन् । 

छायाँनाथ रारा नगरपालिका– १४ घर भई हाल गमगढी बजारमा बस्दै आएकी बालिकामाथि नगर प्रहरीका एक जवानसहित नौजनाले सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ ।

बलात्कार आरोपमा नगर प्रहरी र सरकारी कर्मचारीसहित पाँचजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा छायाँनाथ रारा नगरपालिकामा कार्यरत नगर प्रहरी वसन्तबहादुर कार्की र कृषि विकास कार्यालय मुगुका कार्यालय सहयोगी वसन्त रोकाया छन् ।