१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार १७:५४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

वृद्धभत्तामा आफ्नो कमाइ थपेर असहायलाई कम्बल वितरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १७:५४:oo

विपन्न र गरिब परिवारका वृद्धवृद्धा, असहाय, एकल महिला र बालबालिकाले बढ्दो चिसोसँगै अप्ठ्यारो झेलिरहेका वेला सिराहाका एक वृद्ध सरकारले दिने भत्तामा आफ्नोसमेत कमाइ थपेर न्यानो कम्बल बाँडिरहेका छन्।

लहान नगरपालिका– २३ गाढाका ८२ वर्षीय विश्वनाथप्रसाद गुप्ताले चिसोले दैनिकी कष्टकर बनेपछि गाउँमा कम्बल वितरण गर्न थालेका हुन्। मंगलबारसम्म उनले दुई सयजनाभन्दा बढीलाई न्यानो कम्बल बाँडिसकेका छन्।

सरकारले दिने वृद्धभत्तामा खेतीपाती गरेर बचाएको रकम थपथाप गरी एक लाख १७ हजार रुपैयाँ खर्चिएर किनेको २५० थान कम्बल सोमबार स्थानीय महादेव मन्दिरपरिसरमा बाँडेपछि बाँकी रहेकालाई मागअनुसार घरमै पुर्‍याइदिएको उनले बताए।

‘सरकारले बुढेसकालमा दिएको वृद्धभत्तामा आफ्नो कमाइसमेत थपेर आफूजस्तै उमेरका वृद्धवृद्धा, असहायलाई न्यानो कपडा बाँड्न पाउँदा आनन्द महसुस भएको छ,’ उनले भने।

विश्वनाथले पछिल्लो ६ वर्षदेखि गाढा गाउँका विपन्न, गरिब परिवारका वृद्धवृद्धा, असहाय, एकल महिलाहरूलाई लक्षित गरी न्यानो कम्बल बाँड्दै आएका छन्। उनले गाउँमा कसैलाई गाह्रोसाह्रो पर्दासमेत आफूले सकेको सहयोगसहित विभिन्न सामाजिक कार्यहरू गर्दै आएकाे कराँते प्रशिक्षकसमेत रहेका विश्वनाथका माहिला छोरा राजेश गुप्ताले बताए। 

हरेक वर्ष वृद्धभत्ताबापत आउने करिब ४८ हजार रुपैयाँमा धान, गहुँ, आँप, दलहन बिक्रीबाट जोगाएको रकमसमेत थपेर बुवाले वार्षिक करिब अढाई लाख रुपैयाँ सामाजिक कार्यमा सहयोग गर्दै आएकाे उनको भनाइ छ।

ad
ad