१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १५:o३:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

एएफसी एसियन कपमा इराक र जोर्डनको विजयी सुरुवात

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १५:o३:oo

एएफसी एसियन कपअन्तर्गत समूह ‘डी’मा रहेको इराक र समूह ‘ई’मा रहेको जोर्डनले आ–आफ्ना खेलमा जित हासिल गरेका छन् । इराकले इन्डोनेसियामाथि ३-१ गोलअन्तरले हरायो । जोर्डनले मलेसियालाई ४-० ले हराउँदै प्रतियोगितामा सानदार सुरुवात गर्‍याे ।

इराकले १७औँ मिनेटमै खेलमा अग्रता लिएको थियो । मोहानाद अलीले सानदार गोल गर्दै खेलमा इराकको बलियो सम्भावना देखाए । तर, ३७औँ मिनेटमा फर्डिनानले गोल फर्काउँदै इन्डोनेसियालाई बराबरीमा ल्याए ।

तर, पहिलो हाफको इन्जुरी समयमा ओसामा रासिदले गोल गर्दै इराकलाई २-१ गोलको अग्रता दिलाए । बाँकी काम सइमान हुसेनले पूरा गरे । ७५औँ मिनेटमा गरेको उनको गोल खेलको अन्तिम गोल बन्यो ।

गएराति नै भएको समूह ‘ई’को दोस्रो खेलमा जोर्डनले मलेसियालाई ४-० ले परास्त गर्‍याे । जोर्डनको जितमा मोहम्मद अल मार्दी र मुसाअल तमारीले दुई–दुई गोल गरे । जितसँगै जोर्डनले तीन अंक हासिल गर्‍याे । यो समूहको पहिलो खेलमा दक्षिण कोरियाले बहराइनमाथि ३–१ को जित निकाल्दै तीन अंक हासिल गरेको छ ।

ad
ad