१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
देश/विदेश
२o८१ बैशाख २४ सोमबार १o:११:oo
Read Time : > 2 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

डाभोस फोरम र चीनको अडान

Read Time : > 2 मिनेट
देश/विदेश
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १o:११:oo

‘डाभोस फोरम’ भनेर चिनिने विश्व आर्थिक मञ्चको अत्यधिक प्रतीक्षित बैठक स्विट्जरल्यान्डको डाभोसमा १५ देखि १९ जनवरीसम्म आयोजना भइरहेको छ । एक सय २० भन्दा बढी मुलुक र क्षेत्रबाट दुई हजार आठ सयभन्दा बढी प्रतिनिधि ‘रिबिल्डिङ ट्रस्ट’ (विश्वासको पुनर्निर्माण) विषयवस्तुअन्तर्गत विश्व अर्थतन्त्रको भविष्यको खोजी गर्न भेला हुँदै छन् । चीनका प्रधानमन्त्री ली छ्याङले मञ्चको उद्घाटन समारोहमा भाग लिनेछन् र आमन्त्रित नेताका रूपमा भाषण दिनेछन् ।

यस वर्षको फोरम दसकौँको सबैभन्दा जटिल भूराजनीतिक र भू–आर्थिक अवस्थाको पृष्ठभूमिमा आयोजना हुँदै छ, जसलाई पश्चिमी मिडियाले चार ‘सी’को संक्षेप मानेका छन् । अर्थात् कन्फ्लिक्ट (द्वन्द्व), न्यु कोल्ड वार (नयाँ शीतयुद्ध), क्लाइमेट (जलवायु) र क्याओस (अराजकता)को संक्षेप मानेका छन् ।

अन्तर्राष्ट्रिय समुदायले फोरमबाट उच्च अपेक्षा राखेका छन्, ६० भन्दा बढी राज्य र सरकार प्रमुखसहित तीन सयभन्दा बढी गन्यमान्य व्यक्तिको उपस्थितिमा डाभोस सहयोग प्रवद्र्धन गर्न एक गतिवद्र्धक बन्नेछ भन्ने अपेक्षा गरिएको छ । चीनको सक्रिय सहभागिता र खुला एवं सहयोगी मनोवृत्तिको प्रदर्शन निःसन्देह सबै सहभागीले खोजेको सकारात्मक संकेत हो । यो संकेत भूराजनीतिक र विश्वव्यापी आर्थिक अनिश्चितताबीचको सबैभन्दा ठूलो भरपर्दो शक्ति हो ।

सन् १९७९ को वार्षिक बैठकमा पहिलोपटक सहभागी भएदेखि नै चीन डाभोस फोरममा सक्रिय रूपमा सहभागी हुँदै आएको छ । यो फोरम विश्वसँग चीनको एकीकरण र आपसी विकासको उत्कृष्ट साक्षी पनि बनेको छ । आज, डाभोस फोरम चिनियाँ नेताका लागि चीनको विकास अवधारणा बाह्य संसारलाई स्पष्ट पार्ने महत्वपूर्ण अवसर बनेको छ । सबै पक्षका प्रतिनिधिले यहाँ चीनको आवाज सुन्ने आशा राख्छन् । 

विश्वासको पुनर्निर्माण र आर्थिक पुनरुत्थानलाई गति दिने सन्दर्भमा डाभोस फोरम र चीनले निरन्तर एउटै अडान राखेका छन् 

चिनियाँ प्रधानमन्त्रीको सम्बोधनदेखि लिएर चीनको अर्थतन्त्र र दिगो विकासका विषयमा फोरमका विभिन्न कार्यक्रममा हुने छलफलसम्म डाभोस फोरमले चीनको दृढ मनोवृत्तिलाई निरन्तरता दिनेछ । यो मनोवृत्ति खुलापनलाई प्रगाढ बनाउन र विश्वव्यापीकरणलाई समर्थन गर्नमा केन्द्रित छ । फोरमले चीनको एकीकृत विकास र विश्वसँग पारस्परिक उपलब्धिको निरन्तर कथा लेख्ने लक्ष्य राखेको छ ।

विश्वव्यापी अर्थतन्त्रको नाडी छाम्ने यो महत्वपूर्ण वार्षिक अवसरका रूपमा यस वर्षको डाभोस फोरमले महत्वपूर्ण भूमिका खेल्नेछ । यसले गत वर्षको ‘खण्डित संसारमा सहयोग’ (को–अपरेसन इन अ फ्रेगमेन्टेड वल्र्ड)को मुख्य मुद्दालाई निरन्तरता दिनुका अलावा यसले फेरि एकपटक प्रारम्भिक चेतावनी पनि जारी गरेको छ । यो चेतावनीले विश्वमा विभाजन र टकरावको खतरालाई उजागर गरेको छ । यसले सीधै गम्भीर विश्वासको संकटलाई औँल्याउँछ, जुन आजको विश्वले सामना गरिरहेको मुख्य मुद्दा हो ।

फोरमले लयमा फर्किन खोजिरहेको विश्व अर्थतन्त्रलाई नयाँ अवसर प्रदान गर्नेछ । विश्वास पुनर्निर्माणको आधारभूत सिद्धान्तबारे छलफल गरेर फोरमले विकासका लागि नयाँ अवस्था सिर्जना गर्ने लक्ष्य राख्नेछ । विश्व आर्थिक मञ्चका कार्यकारी अध्यक्ष क्लाउस स्क्वाबले विश्वमा अहिले नैराश्यले अभूतपूर्व स्तरमा सीमा पार गरिसकेको र भविष्यका लागि विश्वासलाई पुनर्निर्माण गर्नु आवश्यक रहेको बताएका छन् । ‘यी समग्र भाष्य निर्माणका लागि वैश्विक, राष्ट्रिय एवं स्थानीय साझेदारीको आवश्यकता छ,’ उनी भन्छन् । 

विश्वासको पुनर्निर्माण र आर्थिक पुनरुत्थानलाई गति दिने सन्दर्भमा डाभोस फोरम र चीनले निरन्तर एउटै अडान राखेका छन् । दुवैले एकता र सहकार्यबाट ठूला संकटको समाधान खोज्ने वकालत गर्छन् । दुवैले एकको पराजयमा अर्काको लाभ हुने जिरो सम खेल त्याग्न र परस्पर विजयको बाटामा फर्कन जोड दिन्छन् । यसबाहेक दुवैले चीनलाई अलग्याउने ‘डिकपलिङ’ र ‘स्मल कोर्टयार्ड विद हाई वाल्स’को अवधारणाको पनि विरोध गर्छन् । विशेषतः यो वर्ष छलफल गरिएका मुख्य विषय चिनियाँ आधुनिकीकरणसँग मिल्दाजुल्दा छन् र यो आधुनिकीकरणलाई चीनले हाल प्रवद्र्धन गरिरहेको छ ।

यी विषयमा नयाँयुगका लागि आर्थिक वृद्धि र रोजगारी सिर्जना गर्ने, आर्टिफिसियल इन्टेलिजेन्सका साथ आर्थिक र सामाजिक विकासलाई प्रवद्र्धन गर्ने र दीर्घकालीन जलवायु, प्राकृतिक र ऊर्जा रणनीतिहरू लागू गर्ने समावेश छन् । चीनले वास्तवमै मुलुकहरूलाई मिलेर चुनौतीको मिलेर सामना गर्न जोड दिइरहेको छ । चीन सबैले समृद्धिमा साझेदारी गर्न र सबैको भविष्य जोडिएको विश्वव्यापी समुदाय निर्माण गर्न चाहन्छ । यही सन्देशलाई चीन सक्रिय रूपमा प्रोत्साहन गर्न खोजिरहेका छ । चीन र डाभोस फोरम एक ठाउँमा आउनुले विश्वको मूलधार र जनताको आकांक्षालाई चित्रण गर्छ ।

निरन्तर रूपमा कमजोर बनिरहेको विश्वव्यापी अर्थतन्त्रको वर्तमान परिवेशमा तथाकथित ‘डि–सिनिसाइजेसन’ (चीनलाई अलग्याउने काम) बाट विश्वासको पुनर्निर्माण कहिल्यै हुन सक्दैन भन्ने कुरामा जोड दिन आवश्यक छ । विश्वासको पुनर्निर्माण गर्ने एक मात्र उपाय भनेको चीनसँग निरन्तर सहयोग अभिवृद्धि गर्नु र चीन एवं बाँकी विश्वबीचको अविभाज्य एकीकृत विकासलाई ग्रहण गर्नु हो । भविष्यमा केन्द्रित आर्थिक परिदृश्यमा चीनले आफूलाई बहुआयामिक, विविध र गतिशील मुलुकका रूपमा प्रस्तुत गर्छ । यसबाहेक चीन विश्वव्यापीकरणलाई थप खुला र समर्थन गर्ने आफ्नो प्रतिबद्धतामा दृढ छ । यसले निःसन्देह चीनलाई विकासका लागि महत्वपूर्ण अवसर र विश्वका सबै देशको साझेदार बनाउनेछ ।

डाभोस फोरम आयोजकले आधिकारिक वेबसाइटमा एउटा प्रश्न तेस्र्याएका छन्, अर्थात के आगामी वर्ष निरन्तर संकटको समय हुनेछ वा हामी सन् २०२४ समाधान र पुनरुत्थान आशा गर्न सक्छौँ ? यो चिन्तालाई सम्बोधन गर्न मामिलामा विश्व र डाभोस विश्वकै दोस्रो ठूलो अर्थतन्त्र चीनबाट आउने सकारात्मक सन्देश सुन्न उत्सुक छ ।
– ग्लोबल टाइम्सको १५ जनवरीको सम्पादकीय 

ad
ad