१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
तिलिचो ताल
२o८१ जेठ २ बुधबार o९:४९:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

चिसोले जमे मनाङका हिमताल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार o९:४९:oo

चिसोसँगै खानेपानीका मुहानसमेत जमे, अन्नपूर्ण पदमार्गमा पर्यटक घटे 

मनाङमा चिसो अत्यधिक बढेपछि हिमताल जम्न थालेका छन् । गंगापूर्णसँगै आधा दर्जन हिमताल जमेर चट्टानझैँ भएका छन् । मनाङका स्थानीय सोनाम लामाले ४९१९ मिटर उचाइमा रहेको तिलिचो, भ्राकामा पर्ने ४००६ सय मिटरमा रहेको केंचो ताल (आइसलेक), धारापानीको नाचैमा पर्ने डोना ताल, थोंचेमा पर्ने पोङकरलगायतका ताल यतिवेला जमेका छन् । दिनभर घाम लाग्दा पनि तालको पानी पग्लिएको छैन । 

चिसो समयमा जम्ने, हिउँ परेपछि त्यसैले ढाकिने र गर्मीयाममा पग्लिएपछि हिमाली छाया देखिने दृश्यले पर्यटक लोभिने गरेका छन् । पर्यटन व्यवसायी समिति मनाङका अध्यक्ष विनोद गुरुङले ताल जमेका वेला नीलो, वर्षायाममा सेतो र हिउँदमा जम्ने विशेषता रहेको बताए । जाडो बढेसँगै मनाङको तापक्रम दिउँसो पनि माइनस र साँझ–बिहान माइनस ४ देखि माइनस १० डिग्री सेल्सियससम्म पुग्ने गरेको छ । 

तिमाङदेखि थान्चोक, चामे हुँदै माथिल्लो क्षेत्रमा पाइपको पानीसमेत जमेको छ । मनाङमा मंसिर–पुसदेखि फागुनसम्म हिमताल प्रायः जमिरहेका हुन्छन् । अत्यधिक चिसोले बगिरहेका खोलाहरू जम्न थालेका छन् । राति जमेको पानी दिउँसो भएपछि मात्रै बग्ने गर्छ । चिसो बढेसँगै धारामा पानीसमेत जम्न थालेको छ । चिसोसँगै खानेपानीको मुहानसमेत जमेका छन् । चिसो बढेसँगै केही मात्रामा मनाङ पुगेका आन्तरिक तथा बाह्य पर्यटक भने जमेको तालमाथि हिँडेर नौलो अनुभव लिन पाउँदा अचम्मित बन्छन् । हिमताल भएकाले पनि मनाङ बाह्य तथा आन्तरिक पर्यटकको केन्द्र बनेको छ । 

चिसो बढेपछि चक्रीय अन्नपूर्ण पदयात्रामा आउने पर्यटक घटेका छन् । केही दिनदेखि पदमार्ग सुनसान देखिन थालेको छ । मंसिर दोस्रो सातादेखि चिसो बढ्न थालेपछि यसको प्रत्यक्ष असर पर्यटन क्षेत्रमा परेको छ । 

हिमाली क्षेत्रको दृश्यावलोकन मन पराउने पर्यटक मात्रै चिसो मौसममा घुम्न आएका छन् । जाडो बढेसँगै पदमार्गमा पनि पर्यटक आउन छाडेका छन् । पदमार्गमा होटेल सञ्चालन गर्दै आएकी पारु गुरुङका अनुसार जाडो बढेसँगै पर्यटक आगमनमा कमी आएको छ । पर्यटन व्यवसायी विनोद गुरुङले मनाङमा दैनिक ९–१० जना पर्यटक पदमार्गमा आउने गरेको बताए । 

ad
ad