१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
फाइल तस्बिर ।
२o८१ बैशाख २४ सोमबार १९:४८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

ताइवान चीनकै अभिन्न अंग हो : प्रधानमन्त्री प्रचण्ड

नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको प्रधानमन्त्रीको भनाइ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १९:४८:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ताइवान चीनकै अभिन्न अंग भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवसरमा आज काठमाडौंमा आयोजित विशेष समारोहमा प्रधानमन्त्रीले यस्तो बताएका हुन्। 

आफ्नो चीन भ्रमणका वेला जारी भएको संयुक्त वक्तव्य स्मरण गर्दै प्रधानमन्त्रीले भने, ‘ताइवान चीनकै अभिन्न अंग हो। ताइवान स्वतन्त्रताका सम्बन्धमा नेपालको प्रस्ट दृष्टिकोण छ। मेरो चीन भ्रमणका क्रममा जारी संयुक्त वक्तव्यमा यसलाई प्रस्ट पारिएको छ।’

चीनविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने स्पष्ट पार्दै प्रधानमन्त्रीले भने, ‘दुई देशको सभ्यता नदी र हिमशृंखलाले मात्र जोडिएका छैनन्, यसमा हाम्रा साझा संस्कृति र जनस्तरको सम्बन्ध पनि प्रमुख रहेका छन्।’ 

उनले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको पनि बताए। शान्तिपूर्ण सहअस्तित्व र पञ्चशीलका सिद्धान्तका आधारमा दुई देशबीचको सम्बन्ध झांगिँदै गएको प्रधानमन्त्रीको भनाइ थियो।

‘हामीले असल मित्रका रूपमा एकअर्काको संवेदनशीलतालाई नजिकबाट बुझेका छौँ। शान्तिपूर्ण सहअस्तित्व र पञ्चशीलका सिद्धान्तका आधारमा हाम्रो सम्बन्ध रहिआएको छ,’ प्रधानमन्त्री प्रचण्डले भने। 

नेपाल एक चीन सिद्धान्तप्रति दृढ रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले यस सम्बन्धमा सरकारको स्पष्ट प्रतिबद्धता रहेको बताए। ‘आन्तरिक तथा बाह्य मामिलामा आएको बदलावबाट हाम्रो प्रतिबद्धता कुनै हालतमा प्रभावित हुँदैन,’ उनले भने, ‘संस्कृति र परम्पराले हामी एकापसमा बाँधिएका छौँ। संस्कृति र परम्पराले नै दुई देशबीचको जनस्तरको सम्बन्धलाई सुदृढ तुल्याउनेछ।

नेपालका लागि चीनका राजदूत छन सङले चीन र नेपाल रणनीतिक साझेदार भएकाे बताउँदै ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’अन्तर्गत विकासमा साझेदारी गर्न चीन प्रतिबद्ध रहेको बताए। (रासस)

ad
ad