१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १५:४७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १५:४७:oo

जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चारजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका र अन्य बाहिरी जिल्लाका रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।

कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीका अनुसार चालू आर्थिक वर्षमा तीन हजार दुई सय ५४ जनामा गरिएको परीक्षणमा एक सय ६३ जनामा उक्त संक्रमण देखिएको थियो। संक्रमितमध्ये चारजनाको मृत्यु भएको हो। ती संक्रमितमध्ये ८८ जना चितवनकै र बाँकी अन्य जिल्लाका थिए।

गत आर्थिक वर्षमा जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका तीन हजार चार सय ८५ जनाको परीक्षणमा पाँच सय १९ जनामा उक्त संक्रमण देखिएको थियो। संक्रमित सबै उपचारपछि घर फर्किएका थिए।

स्क्रब टाइफस ओरिएन्टा सुसुगामुसी नामको ब्याक्टेरियाबाट हुने संक्रामक रोग हो। साधारणतया यो जीवाणुले मानिसलाई प्रत्यक्ष असर नपारी झाडीमा पाइने किर्ना (माइट्स)लाई संक्रमण गर्छ। सोही संक्रमित किर्ना मुसालगायत अन्य जनावरका शरीरमा बस्छन्। संक्रमित किर्नाले टोकेको मुसा वा जनावर मानिसको सम्पर्कमा आएर  शरीरमा टाँसिए वा टोकेमा स्क्रब टाइफस सर्ने गर्छ।

यो रोग लागेका मानिसमा उच्च ज्वरो आउने, आँखा रातो हुने, खोकी लाग्ने, बान्ता हुने, पेट दुख्ने,  पखालाले सताउने, श्वास फेर्न समस्या हुने, टाउको, जोर्नी तथा  मांसपेशी दुख्ने, बिमिरा देखिने र टोकेको ठाउँमा कहिलेकाहीँ कालो दागजस्ता लक्षण देखिने निरीक्षक केसीले बताए।

यसैगरी, गत साउनयता जिल्लामा २१ हजार दुई सय ९८ जनामा गरिएको परीक्षणमा डेंगुबाट संक्रमण हुनेको संख्या एक हजार ६ सय १५ पुगेको छ। जिल्लाबाहिरका एकजनाको सोही रोगका कारण मृत्यु भएको उनले जानकारी दिए। 

ad
ad