१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २० बिहीबार o८:o८:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

मुक्तिनाथको १०.२६ प्रतिशत लाभांश पारित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o८:o८:oo

मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई १०.२६ प्रतिशत लाभांश दिने भएको छ । शनिबार पोखरामा सम्पन्न १७औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट दिइने लाभांश पारित गरेको हो । त्यसैगरी, सभाले बैंक सञ्चालक समितिसमेत चयन गरेको छ ।

पारित लाभांशमध्ये ९.७५ प्रतिशत बोनस सेयर र ०.५१ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश रहेको छ । यसका साथै सभाले आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन, चालू आर्थिक वर्ष ०८०/८१ का लागि लेखापरीक्षकको नियुक्तिसँगै अन्य सामान्य प्रस्तावसमेत पारित गरेको बैंक सञ्चालक समितिका अध्यक्ष भरतराज ढकालले जानकारी दिए ।

पाँच सञ्चालक चयन 
सभाले बैंकको नयाँ सञ्चालक समिति सर्वसम्मत चयन गरेको छ । सर्वसम्मत चयन हुने पाँच सञ्चालकहरूमा भरतराज ढकाल, नारायणकुमार श्रेष्ठ, भरतप्रसाद लम्साल, विनोदकुमार शर्मा र सरोजा श्रेष्ठ (कोइराला) रहेका बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङले जानकारी दिए ।

यसअघि सभामा बैंक सञ्चालक समितिका सदस्य गजेन्द्रमान श्रेष्ठले स्वागत, प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकको हालको अवस्था र भावी रणनीतिका बारेमा जानकारी गराएका थिए । यसैगरी वार्षिक प्रतिवेदनमा विभिन्न सेयरधनीले आ–आफ्नो जिज्ञासा साथै सुझाव दिएका थिए । सेयरधनीबाट आएका जिज्ञासाको जवाफ अध्यक्ष ढकाल र प्रमुख कार्यकारी अधिकृत पोखरेलले दिएका थिए ।
 

ad
ad