१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २० बिहीबार o८:३७:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

पुरुषमा प्रिन्स र महिलामा रसिला विजेता 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o८:३७:oo

एपिएफका प्रिन्स दाहाल र त्रिभुवन आर्मीकी रसिला महर्जन प्रथम प्रकाश दाहाल स्मृति राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेका छन् । स्पोर्टस् हबको आयोजनामा भएको शनिबार सम्पन्न पुरुष एकल फाइनलमा प्रिन्सले आर्मीका प्रफुल महर्जनलाई २–० को सोझो सेटमा पराजित गर्दै उपाधि उचालेका हुन् । पहिलो सेट २१–१६ ले जितेका प्रिन्सले दोस्रो सेटमा पनि २१–१६ नै जिते । एपिएफका देवराज राना र नेपाल पुलिसका विष्णु कटुवाल संयुक्त रूपमा तेस्रो भए । महिला एकलमा रसिलालले आफ्नै क्लबकी अनुमाया राईमाथि सहज जित निकाल्दै उपाधि चुमिइन् । 

पहिलो सेटमा अनुलाई २१–३ ले हराएकी रसिलाले दोस्रो सेट २१–१४ ले जितेकी थिइन् । आर्मीकी अमिता गिरी र कस्तुरी कलेजकी सीमा राजवंशी संयुक्त तेस्रो भए । प्रतियोगिताको स्थानीयतर्फ आयोजक स्पोर्टस् हबका अनुज तामाङ र सुमित थोकरले जित निकाले । पुुरुष शीर्ष २० वरीयताबाहेकको युगलतर्फ आयोजकका अभिषेक गुरुङ र निश्चल खत्रीको जोडीमाथि कास्कीका विधान अधिकारी र आर्मीका पविन लिनथेप जोडीले फाइनलमा २१–१४ र २१–१९ को सेटमा जित निकालेका छन् । 

भेट्रान्स ३५ वर्षमाथिको खेलमा कास्कीका विशाल खड्का र आर्मीका सुरोज महर्जनको जोडीले उपाधि हात पारेका छन् । महर्जनको जोडीले आयोजकका आकाश छन्त्याल र आङकुसाङ शेर्पाको जोडीलाई २१–११ र २१–१४ को जित निकाले । ४५ वर्षमाथिको प्रस्पिर्धामा चन्द्रागिरि ब्याडमिन्टन क्लबका हरि खत्री र राजकुमार पोखरेलको जोडीले पिस फिटनेस सेन्टरका सञ्जय कपाली र अनिल थाम्सुहाङको जोडीलाई हराए । 

प्रतियोगिताको पहिलो हुनेले ४५ हजार, दोस्रोले २५ हजार र तेस्रो स्थानमा रहेका खेलाडीले १० हजार रुपैयाँ हात पारेका छन् । ब्याडमिन्टन संघको मान्यताप्राप्त वरीयतासहितको राष्ट्रिय प्रतियोगितामा पुरुष एकल, महिला एकल, पुरुष युगल र स्थानीयस्तर इभेन्ट्स समावेश भएको आयोजकले जनाएको छ । 

ad
ad