१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार ११:३o:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

सुस्त मनस्थितिकी युवतीलाई गर्भवती बनाएको आरोपमा कतार पुगेका किरण पक्राउ 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार ११:३o:oo

सुस्त मनस्थितिकी युवतीलाई जबर्जस्ती करणी गरेर फरार बनेको आरोप प्रहरीले एक युवालाई पक्राउ गरेको छ। हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित कातिकेका २२ वर्षीय किरण राईलाई नेपाल प्रहरीले कतारबाट पक्राउ गरेको हो । शारीरिक रूपमा सुस्त मनस्थितिकी युवतीलाई वि.सं. २०७९ चैत–१६ गते करणी गरेर गत वैशाख–४ गते कतार पुगेका आरोपित किरणलाई प्रहरीले कतारस्थित अलरवाबी कम्पनीको मार्केट काउण्टरमा सामान प्याकिङको काम गरिरहेको अवस्थामा पक्राउ गरेको हो । 

सुस्त मनस्थितिकी पीडित युवतीका आफन्तले गत असोज–१५ गते दिएको किटानी जाहेरीको आधारमा दोहा कतारको समन्वयमा फरार प्रतिवादी किरणलाई पक्राउ गरेर जिल्ला ल्याइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिए । ‘जबर्जस्ती करणीपछि वैदेशिक रोजगारीमा जाने बहानामा भागेर कतार पुगेका किरणलाई नौ महिनापछि यही पुस–२५ गते कतार एअरलायन्सको उडान नम्बर क्युआर ६४४ बाट नेपाल ल्याइएको छ। उनले आफ्नो अपराध स्वीकार गरिसकेका छन्,’ उनले भने, ‘अहिले प्रहरी हिरासतमा रहेका किरणविरुद्ध चार महिनाअघि जबर्जस्ती करणी महलअन्तर्गत मुद्दा दर्ता भएको थियो। अब कानुनबमोजिम कारबाहीको प्रक्रिया अगाडि बढाउँछौँ।’

नेपाल प्रहरी, प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोलमार्फत रेड कर्नर नोटिस जारी गरेर अनुसन्धान सुरु गरेको प्रहरीले प्रतिवादी किरणलाई जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको टोलीले बिहीबार दिक्तेल ल्याएर जिल्ला अदालत खोटाङबाट बिहीबार नै दश दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको छ। हलेसी (क) नाम दिइएको सुस्त मनोस्थितिकी युवतीको शारीरिक रूप परिवर्तन हुँदै गएपछि प्रतिवादी किरणले करणी गरेर गर्भवती बनाएको खुलेको प्रहरीले जनाएको छ। 

सुस्त मनिस्थिति, नाबालिका तथा शारीरिक अपांगता भएका व्यक्तिलाई जबर्जस्ती करणी गरेको व्यक्तिमाथि चलाइने मुद्दामा दोषी ठहरिएका व्यक्तिलाई जन्मकैदसँगै आवश्यक जरिवाना र पीडितलाई क्षतिपूर्ति दिनुपर्ने कानुनी व्यवस्था छ। आरोपित किरणलाई दुवै हुने सम्भावना रहेको कानुन व्यवसायीहरूले बताएका छन्। 

जबर्जस्ती करणीपछि गर्भवती बनेकी युवतीले केही समयअघि बच्चा जन्माइसकेकी छिन्। सुस्त मनोस्थितिकी युवतीमाथि जबर्जस्ती करणी भएको खुलेपछि आफन्तले प्रहरीलाई फस्ट इन्फरमेसन रिपोर्ट (एफआइआर) दर्ता गराएका थिए। एफआइआरलगत्तै जिल्ला प्रहरी कार्यालयको समन्वयमा एक संस्थाको सहयोगमा पीडितलाई काठमाडौंको एउटा सेफहाउसमा लगिएको थियो। सेफहाउसमा राखिएकै अवस्थामा पीडित युवतीले बच्चा जन्माएकी हुन्। 

पीडित सुत्केरी अहिले बच्चासहित सेफहाउसमै बसेकी छिन्। एफआरआई दर्ता गराएको वेला पीडित युवती २७ हप्ता चार दिनकी गर्भवती रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय खोटाङले इन्टरपोलमार्फत प्रतिवादी पक्राउ गरेको जिल्लामा यो पहिलो घटना हो। प्रनाउ खड्का प्रमुख भएर खोटाङ आएपछि जिल्लामा लामो समयदेखि अनुसन्धानमा रहेका मुद्दासमेत किनारा लाग्न थालेको छ। 

अदालतबाट दोषी ठहर भएका फरार प्रतिवादी पक्राउ अभियानमा जुटेको जिल्ला प्रहरी कार्यालय खोटाङले पछिल्लो छ महिनामा ५१ जना फरार प्रतिवादीलाई पक्राउ गरिसकेको छ। अदालतबाट दोषी ठहर भएकाबाहेक चालू मुद्दाको न्यायसम्पादनमा समेत प्रहरीको सक्रियता प्रभावकारी रहेको जिल्लावासीको प्रतिक्रिया छ। 
 

ad
ad