१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार o९:४७:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

आयल निगमको वार्षिकोत्सवका अवसरमा रक्तदान कार्यक्रम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o९:४७:oo

नेपाल आयल निगम लिमिटेडले ५४औँ वार्षिकोत्सवको अवसरमा मंगलबार रक्तदान कार्यक्रम आयोजना गरेको छ । टेकुस्थित केन्द्रीय कार्यालयमा रेडक्रस सोसाइटी, रक्त सञ्चार सेवा (ताहाचल)को समन्वयमा आयोजित कार्यक्रममा एक सय ५१ जनाले रक्तदान गरेको निगमको स्वतन्त्र कर्मचारी युनियनका अध्यक्ष विकास बखतीले जानकारी दिए ।

उनका अनुसार हालसम्मकै धेरै संख्यामा यसपटक रक्तदान भएको छ । ‘निगम कर्मचारी, पूर्वकर्मचारी र उहाँहरूका परिवार तथा प्रहरीहरूले रक्तदानमा सहभागिता जनाउनुभएको थियो,’ उनले भने । निगमले बिहीबार स्थापनाको ५४औँ वार्षिकोत्सव मनाउन लागेको छ । बर्सेनि वार्षिकोत्सवको अवसर पारेर रक्तदान कार्यक्रम आयोजना गर्दै आएको बखतीले जानकारी दिए । मंगलबारको रक्तदान कार्यक्रमको उद्घाटन निगमका नायब कार्यकारी निर्देशक वीरेन्द्र गोइतले गरेका थिए ।

कार्यक्रममा एक सय ७६औँपटक रक्तदान गरिसकेका प्रेमसागर कर्माचार्यले उपस्थित भएर आगामी दिनमा कम्तीमा वार्षिक रूपमा दुईपटक रक्तदान कार्यक्रम आयोजना गर्न सुझाव दिएका थिए । रक्तदान कार्यक्रम उपसमितिका संयोजकसमेत रहेका बखतीले पनि वर्षमा दुईपटक रक्तदान कार्यक्रमका लागि पहल गर्ने बताएका थिए ।
 

ad
ad