१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार २२:१o:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

आइएमई ग्रुपद्वारा सञ्चालित भेन्चर हायर पर्चेजको सिइओमा बाबुराम शर्मा नियुक्त

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार २२:१o:oo

आइएमई ग्रुपद्वारा सञ्चालित भेन्चर हायर पर्चेज कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा बाबुराम शर्मा नियुक्त भएका छन् ।

भेन्चर हायर पर्चेजमा बिजनेस हेडको रूपमा साढे तीन वर्षअगाडि प्रवेश गरेका शर्मालाई मंगलबार बसेको बोर्ड बैठकले कम्पनीको महाप्रबन्धकबाट सिइओमा बढुवा गर्ने निर्णय गरेको हो ।  

डेढ दशकभन्दा बढी आइएमई ग्रुपमा काम गरेका शर्मा आइएमई फाइनान्सबाट ग्रुपमा प्रवेश गरेका  थिए । पछि फाइनान्स बैंकसँग मर्ज भएपछि बैंक हुँदै चार वर्ष आइएमई मोटर्स वीरगन्जको प्रमुखसमेत भएर काम गरेका थिए । 

सरकारी जागिर छोडेर बैंकिङ सेवातिर लागेका उनमा  बैंकिङ र अटोमोबाइल क्षेत्रमा विशेष दख्खल छ । त्रिभुवन विश्वविद्यालयबाट अर्थशात्र र अंग्रेजीमा स्नातकोत्तर गरेका उनले म्यानेजमेन्ट डेभलमेन्ट कलेज (म्यान) बाट इएमबिएसमेत गरेका छन् । 

आइएमई ग्रुपअन्तर्गतको वित्तीय कम्पनी भेन्चर हायर पर्चेज नेपाल राष्ट्र बैंकबाट हायर पर्चेज कारोबार गर्न इजाजत प्राप्त संस्था हो । ३० करोड चुक्ता पुँजी रहेको कम्पनीले अहिले बजारमा दुई अर्बभन्दा बढी लगानी गरेको छ । 

लगातार चार वर्षदेखि नाफामा रहेको कम्पनीलाई आगामी दिनमा पब्लिक लिमिटेड कम्पनी बनाउने र छिट्टै आइपिओसमेत निष्कासन गर्ने तयारी रहेको बुझिएको छ ।

ad
ad