Skip This
बहुमतबाट पारित निर्णय पार्टीका सबैले स्विकार्नुपर्छ : महामन्त्री थापा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o पौष २४ मंगलबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o पौष २४ मंगलबार १७:२२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बहुमतबाट पारित निर्णय पार्टीका सबैले स्विकार्नुपर्छ : महामन्त्री थापा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o पौष २४ मंगलबार १७:२२:oo

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्रिय सभाको उम्मेदवार चयनमा पार्टीले गरेको निर्णय आफूले स्वीकार गर्ने बताएका छन्। पार्टीको बहुमतबाट निर्णय पारित भएकाले पार्टीका सबै नेताले स्वीकार गर्नुपर्ने उनकाे धारणा छ।

मंगलबार संसद् सचिवालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै महामन्त्री थापाले उम्मेदवार चयनमा विमति भए पनि पार्टीले बहुमतबाट निर्णय गरेकाले त्यसलाई आफूले स्विकारेको प्रस्ट पारेका हुन्।

‘राष्ट्रिय सभाको निर्वाचनमा नेपाली कांग्रेस र गठबन्धनका तर्फबाट भएका उम्मेदवारहरूका पक्षमा मत माग्ने र उहाँहरूको पक्षमा माहोल बनाउने मेरो जिम्मेवारी हो,’ उनले भने, ‘म नेपाली कांग्रेसका प्रत्येक उम्मेदवारलाई मत माग्ने निर्णयसँग बाँधिएको छु।’

थापाले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि पार्टीले छनोट गरेको उम्मेदवारको नामावलीप्रति असहमति राख्दै फरक मत राखेका थिए। फरक मत राख्दै उनले बहुमतले पारित गरेको निर्णयमा आफ्नो पूर्ण संलग्नता रहने दाेहाेर्‍याएका हुन्।