१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
२०८० पौष २४ मंगलबार ०८:२५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हुस्सु र शीतलहरले रौतहटको जनजीवन प्रभावित 

Read Time : < 1 मिनेट
२०८० पौष २४ मंगलबार ०८:२५:००

बिहानैबाट लागेको बाक्लो हुस्सु र शीतलहरका कारण रौतहटको जनजीवन प्रभावित भएको छ । सवारीसाधनलाई उज्यालोमा पनि बत्ती बालेर सडकमा कुद्नुपर्ने अवस्था आएको छ ।

हुस्सु र शीतलहरका कारण बिहानैबाट सर्वसाधारण घरबाट बाहिर निस्कन सक्ने अवस्थामा छैनन् । चिसोका कारण रौतहटको ग्रामीण जनजीवन नराम्रोसँग प्रभावित भएको छ ।

दुई दिनबाट बढेको चिसोका कारण रौतहटसहित मधेशको जनजीवन प्रभावित भएको छ । रौतहटमा पर्ने पूर्व–पश्चिम राजमार्ग र चन्द्रनिगाहपुर–गौर सडकखण्डमा चल्ने सवारीसाधनलाई बत्ती बालेर बिस्तारै गुडाउन निर्देशन दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख सुशील आचार्यले बताए ।