मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o पौष २२ आइतबार
  • Monday, 17 March, 2025
रमेश रावल सुर्खेत
२o८o पौष २२ आइतबार २o:१७:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

नेपाल पुलिस क्लबसँग पराजयसँगै प्रतियोगिताबाट बाहिरियो बागमती प्रदेश

Read Time : < 1 मिनेट
रमेश रावल, सुर्खेत
नयाँ पत्रिका
२o८o पौष २२ आइतबार २o:१७:oo

कर्णाली प्रदेशको सुर्खेतमा जारी ३४औँ राष्ट्रिय भलिबल प्रतियोगितामा बागमती प्रदेशको चुनौती समाप्त भएको छ। विभागीय टोली नेपाल पुलिस क्लबसँग सोझो सेटमा पराजित भएपछि बागमतीको सम्भावना सकिएको हो। 

पुलिसले बागमतीलाई २५–१०, २५–१३ र २५–१७ ले हरायो। जितपछि ६ अंक भएको पुलिस समूह ‘ए’को शीर्ष स्थानमा छ। बागमतीले भने लगातार तेस्रो हार बेहोरेको हो। 

समूह ‘ए’ मा रहेको बागमती पहिलो खेलमा लुम्बिनी र दोस्रो खेलमा कोशीसँग पराजित भएको थियो। एपिएफसँग मंगलबार हुने अन्तिम खेलअघि नै बागमती प्रतियोगिताबाट बाहिरिएको हो। 

दोस्रो खेलमा गण्डकीले मधेश प्रदेशलाई ३–० को सोझो सेटमा हराएको छ। गण्डकीले मधेशमाथि २५–११, २५–१९ र २५–१३ को जित निकालेको हो। समूह ‘बी’मा गण्डकी र मधेश दुवैले आफ्नो पहिलो खेलमा सुदूरपश्चिम प्रदेशलाई हराएका थिए। 

तेस्रो खेलमा सशस्त्र प्रहरी बलको एपिएफ क्लबले लुम्बिनी प्रदेशलाई ३–१ को  सेटमा हरायो। एपिएफले पहिलो सेट २५–२२ ले जित्दा दोस्रो सेट २३–२५ ले हार्‍यो। तेस्रो सेट २५–२२ र चौथो सेट २५– १५ ले आफ्नो पक्षमा पार्दै तीन अंक जोडेको हो। 

दिनको चौथो तथा अन्तिम खेलमा आर्मीले सुदूरपश्चिम प्रदेशलाई ३–१ को सेटमा निराश बनायो। आर्मीले पनि पहिलो सेट २५–१५ ले जित्दा दोस्रो सेट २१–२५ ले हारेको थियो। तेस्रो सेट २५–१४ र चौथो सेट २५–१८ ले जितेको हो।