१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o पौष २० शुक्रबार
  • Thursday, 24 October, 2024
तस्बिर : बाजुरा र हुम्लाको सिमानामा अवस्थित कवाडी पुल। तस्बिर : नरजन तामाङ/नयाँ पत्रिका
२o८o पौष २० शुक्रबार १३:३४:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

नवविवाहिता जोडीले पुल तरे बलि अनिवार्य !

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o पौष २० शुक्रबार १३:३४:oo

मुगु खत्याड गाउँपालिका– १० रिगा गाउँकी २१ वर्षीया मानदेवी उपाध्ययाले गत ०७९ साउनमा सोरू गाउँपालिका–६ जिमा गाउँ भागीविवाह गरिन्। 

खत्याड गाउँपालिका– १० रिगा गाउँबाट मुगु जिल्लाकै सोरु गाउँपालिका– ६ जिमा गाउँ पुग्न मुगु जिल्लाबाट दूरी लामो पर्ने भन्दै बाजुरा जिल्लाको धुलाचौर हुँदै हुम्ला–बाजुराको सीमा रहेको कवाडी पुल तरेर मुगुको सोरूको जिमा जानुपर्ने थियो। 

हुम्ला–बाजुरा सीमामा रहेको कवाडी पुल पार गरेपछि कवाडा देवता (बाहान)लाई कालो बोकाको बलि दिन्छन् भन्ने जानकार नभएको मानदेवीले बताइन्। उनका अनुसार विवाह गरेको एक वर्ष भयो।

ज्यानलाई बिसन्चो भइरहने, सपनामा पटक–पटक कहिले मान्छे, कहिले जनावरको देख्दा डर लाग्ने गरेपछि धामीझाँक्रीलाई सरन (हेराउन) पुगिन्।

धामीझाँक्रीले कवाडी पुल पार गरेबापत बोकाको बलि दिन भनेपछि उनी श्रीमान् यज्ञराज भट्ट उपाध्ययासहित गत २३ भदौमा कोलो बोकाको बलि दिएको उनले  बताइन्।

‘धामीले बलि दिएपछि एक महिनापछि ज्यान सन्चो हुन्छ भनेका छन्,’ उपाध्ययाले नयाँ पत्रिकासँग भनिन्।

नयाँ विवाह गरी कवाडी पुल वारपार गरेपछि बलि दिनुपर्छ भन्ने चलन पहिल्यैदेखि चलेको मुगु खत्याड गाउँपालिका– १० का विष्णुचन्द्र उपाध्यायले बताए। 

हुम्ला–बाजुराको सीमा कवाडी पुलमा कवाडा देवता (बाहान) विवाह गरी पुल पारेपछि बोकाको बलि र  पशुचौपाया नयाँ किनेर ल्याए कुखुरोको बलि दिने चलन रहेको विष्णु चन्दले बताए।

‘दुलाहा पक्ष कमजोर छ भने दुलही पक्षले भए पनि कवाडा देवता बाहानलाई अनिवार्य बलि दिनुपर्छ,’ चन्दले भने। 

विवाह गरे कालो बोका र गाईभैँसी किनेर ल्याएर कालो कुखुरोको बलि दिने चलन छ। 

पशुचौपाया नयाँ किनेर ल्याएपछि पुल तारेर ल्याउँदा कालो कुखुराको बलि दिन्छन्, प्रहरीचौकी सरुवा हुँदा पनि कुखुराको बलि दिने गरेको ताजाँकोट गाउँपालिका– १ का हरिबहादुर खड्काले बताए।  

ताजाँकोट गाउँपालिका– २ मैला गाउँका धर्मदत्त उपाध्यायले बझाङ, बाजुरा, हुम्ला, मुगु, डोटीलगायतका जिल्लामा विवाह गरी ल्याएर पुल तरेपछि बलि दिने गरेको र नदिए बिरामी पर्ने गरेको बताए। 
ताजाँकोट गाउँपालिका– २ का मक्क कार्कीले गत वर्ष वैशाखमा गाई किनेर ल्याए। गाईले बच्चा नपाएपछि कबाडा देवतालाई कुखुरा बलि दिएको उनले बताए। 

‘१२ हजार रुपैयाँ हालेर ल्याएको गाईले बच्चा पाएन।  धामीझाँक्रीले कुखुरा बलि दिएपछि बच्चा हुन्छ भनेपछि बलि दिन आएको हुँ,’ उनले भने। 

दैनिकजसो पुलनजिकै सानो मन्दिरमा कुखुरा र बोकाको बलि दिन आउने गरेको खड्काले बताए। उनका अनुसार महिला महिनाबारी हुँदासमेत पुल तर्न हुँदैन।