मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o पौष १९ बिहीबार
  • Saturday, 22 March, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o पौष १९ बिहीबार २२:११:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

भारत - दक्षिण अफ्रिका दोस्रो टेस्ट दोस्रो दिन नै समाप्त

एक सय सात ओभर (६ सय ४२ बल)मै समेटियो चार इनिङ, टेस्ट म्याचको इतिहासमै छिटो नतिजा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o पौष १९ बिहीबार २२:११:oo

इतिहासकै छिटो नतिजा दिएको केपटाउन टेस्ट म्याचमा भारतले दक्षिण अफ्रिकालाई सात विकेटले पराजित गरेको छ। दोस्रो टेस्टमा जित निकालेसँगै भारतले शृंखला एक–एकको बराबरी गरेको छ। 

तीव्रगतिका बलरलाई मद्दत गरेको पिचमा बलले असमान्य बाउन्स पाएपछि दुवै टोलीका ब्याटर टिक्न सकेनन्। एकपछि अर्को विकेट गिरिरहेका वेला दक्षिण अफ्रिकाका ओपनर एडेन मारक्रमले भने दोस्रो इनिङमा एक सय ३ बलमै एक सय ६ रन बनाएर खेललाई थप रोचक बनाए। तर, उनी आउट भएसँगै दक्षिण अफ्रिका केहीबेरमै अलआउट हुन पुग्यो । 

भारतले आफ्नो दोस्रो इनिङमा जितका लागि ७९ रनको लक्ष्य पाउँदा खेल थप रोचक बन्ने सम्भावना देखिएको थियो । तर, चौथो ओभरमा भारतले १२ ओभरमै ३ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । 

यसअघि पहिलो इनिङ्समा दक्षिण अफ्रिका ५५ रनमै अलआउट भएको थियो। भारत पहिलो इनिङ्समा १५३ रनमा समेटिएको थियो। दक्षिण अफ्रिकाले दोस्रो इनिङमा भने अलआउट हुनुपूर्व १७६ रन बनाएको थियो।

भारतका जसप्रीत बुमराहले दुई इनिङमा गरी आठ तथा मोहम्मद सिराजले सात विकेट लिए। पहिलो दिन २३ विकेट पतन भएको थियो भने दोस्रो दिन दश विकेट खस्यो। 

यो टेस्टको नतिजा समग्रमा ६ सय ४२ बल खेल्दा निस्किएको हो। यसअघि सन् १९३२ मा मेलबर्न मैदानमा अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको खेल ६ सय ५६ बलमा सकिएको थियो। सन् १९३५ मा इंग्ल्यान्ड र वेस्टइन्डिजले ६ सय ७२ बल खेल्दा नतिजा आएको थियो।