१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार ११:३o:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

मुक्तिनाथ क्यापिटलले दियो अपोलो हाइड्रोपावरको सेयर निष्कासन प्रत्याभूति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार ११:३o:oo

 अपोलो हाइड्रोपावरले सर्वसाधारणमा निष्कासन गर्नेे १४ लाख १० हजार कित्ता साधारण सेयर प्रत्याभूति व्यवस्थापनको कार्य गर्न मुक्तिनाथ क्यापिटले सम्झौता गरेको छ । सम्झौतामा कम्पनीका कार्यकारी अध्यक्ष आङ तेन्जी शेर्पा र क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कवीन्द्रध्वज जोशीले हस्ताक्षर गरेका हुन् ।

कम्पनीले निर्माण गरिरहेको बुकु खोला जलविद्युत् आयोजना ओखलढुंगा जिल्लाको खिजिदेम्बा गाउँपालिका, सोलुखुम्बु जिल्लाको लिखुपिके गाउँपालिका र रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका भई बग्ने बुकु खोलाको पानी उपयोग गरी ६ मेगावाट विद्युत् उत्पादन क्षमता रहेको जनाइएको छ ।

 कम्पनीले नेपाल विद्युत् प्राधिकरणसँग मिति ०७५ साल साउनमै विद्युत् खरिद सम्झौता गरी निर्माण सुरु गरेको आयोजनाको निर्माण ५५ प्रतिशत सम्पन्न भइसकेको जनाएको छ । 

ad
ad