मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o पौष १९ बिहीबार
  • Wednesday, 19 March, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o पौष १९ बिहीबार o९:o४:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

दीपु बने पहिलो नेपाली परीक्षक पाइलट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o पौष १९ बिहीबार o९:o४:oo

नेपाल वायुसेवा निगम (नेवानि)का वरिष्ठ पाइलट दीपु जुहार्चन एयरबस–३२० को पहिलो नेपाली परीक्षक पाइलट बनेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले उनलाई मंगलबार डेजिग्नेटेड चेक पाइलट ‘डिसिपी’ लाइसेन्स प्रदान गरेको हो ।

क्याप्टेन ज्वार्चन डेजिग्नेसन चेक पाइलटको लाइसेन्स प्राप्त गर्ने पहिलो नेपाली पाइलट बनेको क्यानका प्रवक्ता जगन्नाथ निरौलाले बताए । उनले भने– ‘नेपालमा दर्ता भएका वायुसेवामा कार्यरत पाइलटमध्ये डिसिपी लाइसेन्स प्राप्त गर्ने उनी नै पहिलो पाइलट हुन् ।’ यसअघि उनी एयरबस–३२० को प्रशिक्षक पाइलट (आइपी) थिए, पाइलटलाई तालिम दिने गर्थे ।

परीक्षक पाइलटको लाइसेन्स प्राप्त गरेसँगै उनले पाइलटहरूको परीक्षा लिन र त्यसको जाँच गर्न पाउनेछन् । क्याप्टेन ज्वार्चनले डिसिपीका लागि आफूलाई योग्य साबित गरेपछि क्यानले लाइसेन्स प्रदान गरेको हो । ‘डिसिपी लाइसेन्स प्राप्त गर्न धेरै प्रावधान छन्, उहाँले आफूलाई योग्य साबित गर्नुभयो,’ उनले भने, ‘अहिलेसम्म विदेशी डिसिपीबाट पाइलटको परीक्षा गराउँदै आइरहेकोमा अब नेपाली पाइलटबाटै यस्तो काम गर्न सकिनेछ ।’ अहिले नेवानि र हिमालय एयरलाइन्ससँग एयरबस ३२० विमान रहेका छन् ।