१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
रामकृष्ण थापा सिन्धुपाल्चाेक
२o८१ बैशाख १८ मंगलबार o८:४१:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

माघभित्र मेलम्चीको पानी काठमाडौं पठाइने

Read Time : > 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चाेक
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o८:४१:oo

कार्यकारी निर्देशकले विभागीय प्रमुखका रूपमा काम गरेपछि विवाद

हेलम्बुको शिर भेमाथाङबाट १ असार ०७८ मा आएको बाढीपहिरोमिश्रित खोलाले मेलम्ची खानेपानी आयोजनाको अम्बाथानस्थित हेडवर्क्स स्थल पुर्‍यो । ठूलो परिमाणमा ढुंगा, गेग्रान र बालुवा थुप्रिएपछि राजधानी काठमाडौंमा लामो समय पानी आएन । महिना दिनपछि १६ र १७ साउनमा पुनः आएको बाढीले अम्बाथान मुहान बाढीपहिरोले भरियो । बर्खा साम्य भएपछि आयोजनाले चालू सुरुङभन्दा माथिबाट नयाँ सुरुङ बनाएर अस्थायी रूपमा राजधानीमा पानी पठायो । 

०७८ पछि बर्सेनि अम्बाथानमा गेग्रान थुप्रिएको छ । बर्खाको समयमा भेमाथाङबाट बाढी आउने भएकाले मुहानस्थल पुर्ने गर्छ । प्रकोपजन्य खतरा अझै टरेको छैन । यस वर्ष बर्खा सकिएर जाडोयाम चलिरहँदा आयोजनाले यति लामो समयसम्म राजधानीमा पानी पठाउन सकेको छैन । बाढीपहिरोले सिर्जना गर्ने अवरोधले मात्रै होइन, आयोजनाभित्र रहेका आन्तरिक समस्या र विवादले सुरुङमा पानी हाल्न नसकिएको तथ्य फेला परेको छ ।

राष्ट्रिय गौरवका रूपमा रहेको मेलम्ची खानेपानी आयोजना सम्पन्न गर्न सार्वजनिक कामकारबाही विभागको भूमिकामा ०५५ देखि मेलम्ची खानेपानी विकास समिति क्रियाशील छ । तर, बीचमा आर्थिक वर्ष ०७९/८० मा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको बजेट वक्तव्यबाट विकास समिति खारेज भयो । समितिले गर्दै आएको काम खानेपानी तथा ढल व्यवस्थापन विभागले गर्ने वक्तव्यमा उल्लेख थियो । १० महिनापछि २७ चैत ०७९ मा विकास समिति पुनः गठन गर्ने आदेश आयो । अहिले फेरि विकास समिति क्रियाशील छ । बजेट वक्तत्वको तीन दिनअघि १२ जेठ ०७९ मा खानेपानी आयोजनाले २४ करोडमा नयाँ कन्सल्टेन्सी ल्याउन टेन्डर आह्वान गर्‍यो । बजेट वक्तव्यपछि विकास समिति खारेज भएको अवस्थामा नियमविपरीत कार्यकारी निर्देशक कमलराज श्रेष्ठले विभागीय प्रमुखको हैसयितमा काम गरिरहे । प्रथम श्रेणीको अधिकृतले १५ करोडसम्मको ठेक्का लगाउन पाउने कानुनी व्यवस्था छ । 

बाढीपहिरोले पुरेको मुहानस्थल पन्छाउन चिनियाँ ठेकेदार कम्पनी सिनोहाइड्रो तयारी अवस्थामा थियो । तर, नयाँ कन्सल्टेन्सी आइआरडी र टोमस जेभीले ठेकेदार कम्पनी फेर्न आयोजना प्रमुखलाई सल्लाह दियो । विकास समिति नभएको समयमा विभागीय प्रमुखले गर्ने काम कार्यकारी निर्देशक श्रेष्ठले निरन्तर गरिरहे । विकास समितिको अध्यक्ष खानेपानी मन्त्रालयको सचिव रहने व्यवस्था छ । विकास समितिको बोर्ड निर्णय नभएका वेला २४ करोडको ठेक्का अगाडि बढाएपछि श्रेष्ठ विवादमा तानिए । आयोजनाभित्रको आन्तरिक समस्याले मुहानस्थलमा काम रोकियो ।

१७ कात्तिक ०८० मा नियुक्त भएका नयाँ कार्यकारी निर्देशक जक्की अहमद अन्सारीले अघिल्लो कार्यकारी निर्देशकले गरेको निर्णय र भुक्तानीको जिम्मेवारी लिन नमान्दा बीचमा काम अड्कियो । त्यसपछि २२ मंसिरमा बोर्ड बैठक बस्यो । विभागीय अधिकार प्रयोग गरी तत्कालीन निर्देशकले गरेका कामकारबाही र कानुनी जटिलता फुकाउन सहसचिवको नेतृत्व र कानुन तथा लेखासहितको अध्ययन समिति गठन र आवश्यक सहजीकरण गर्न खानेपानी मन्त्रालयमा पत्राचार भएको थियो । हालसम्म पनि यही विवादले मेलम्ची खानेपानी आयोजनाको काम राम्रोसँग सञ्चालन हुन सकेको छैन । ‘लामो समयसम्म यो विषयमा छलफल भएको हो,’ कार्यकारी निर्देशक जक्की अहमद अन्सारीले भने । 

स्थानीय सरकारको प्रतिनिधित्व गर्दै बोर्डमा प्रतिनिधित्व गरिरहेका बोर्ड सदस्य हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले नियमतः तत्कालीन कार्यकारी निर्देशकले गरेको काम नियमविपरीत भएको बताए । ‘मैले बोर्ड बैठकले गरेको निर्णयमा हस्ताक्षर गरेको छैन,’ उनले भने । बोर्डको निर्णयपछि अहिले सिनोहाइड्रोले धमाधम काम गरिरहेको छ । माघ महिनाभित्र मेलम्चीको पानी राजधानी पुग्ने उनले दाबी गरे ।

ad
ad