१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o पौष १९ बिहीबार
  • Sunday, 29 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o पौष १९ बिहीबार o८:२७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

एमाले, माओवादी र एसका नेता भन्छन्–‘कम्युनिस्ट एकताको विकल्प छैन’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o पौष १९ बिहीबार o८:२७:oo

एमाले, माओवादी र एकीकृत समाजवादीका नेताहरूले कम्युनिस्ट पार्टीबीच एकता हुनुपर्नेमा जोड दिएका छन् । मुुलुकको विद्यमान समस्या समाधान गर्न कम्युनिस्टबीच एकताको विकल्प नभएको उनीहरूको निचोड छ । नेपाल अध्ययन केन्द्रले राजधानीमा बुधबार आयोजना गरेको ‘आजको वामपन्थ’ राष्ट्रिय गोष्ठीमा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, माओवादीका उपमहासचिव वर्षमान पुन र एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले समाजवादी कार्यक्रमको आधारमा एकता अनिवार्य रहेको बताएका हुन् । 

एमाले उपमहासचिव गुरुङले समाजवादको लक्ष्य पूरा गर्न कम्युनिस्ट पार्टीबीच एकता आवश्यक रहेको बताए । तत्काल एकता सम्भव नभए पनि मोर्चा वा कार्यगत एकता गरेर जानुपर्ने उनको भनाइ थियो । ‘अहिले सबै शान्तिपूर्ण बाटोमा छौँ । सबैको लक्ष्य कार्यनीति चुनावमा लड्ने, सरकार बनाउने र जनताको सेवा गर्ने छ, समाजवाद प्राप्त गर्ने भन्ने छ भने पार्टीको नाम किन अलग–अलग राख्ने, नेताहरू किन अलग–अलग बनाउने ?’ उनले भने, ‘सकिन्छ भने एकता गरौँ, नभए मोर्चा वा कार्यगत एकता गरेर जान सकिन्छ ।’ 

माओवादी उपमहासचिव पुनले नेकपाको एकता जोगाउन नसक्दा नवउदारवादीहरू देखिएको भन्दै कम्युनिस्ट एकताको सम्भावना अझै रहेको बताए । उनले भने, ‘वामहरूको एकता, ध्रुवीकरण र सहकार्य गरेर जान सक्यौँ भने मात्र देशको भविष्य छ ।’ एकीकृत समाजवादीका महासचिव भुसालले नेकपा हुँदा जनताले दिएको असाधारण बहुमत जोगाउन नसक्दा अहिलेको संकट देखिएको बताए । नेताहरूमा धेरै नैतिक संकट आइसकेकाले पार्टी व्यवस्थामै ठूलो संकट आउन लागेको उनले जिकिर गरे । 

वैज्ञानिक समाजवादी पार्टीकी धनकुमारी सुनुवारले कम्युनिस्ट पार्टीहरू मिलेर समाजवादी क्रान्तिको तयारी गर्नुपर्ने बताइन् । उनले नेताहरू दक्षिणपन्थी बन्न तँछाडमछाड गरिरहेको आरोप लगाइन् ।