मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o पौष १७ मंगलबार
  • Wednesday, 05 February, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८o पौष १७ मंगलबार १२:४३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ठगी आराेपमा ‘मेनपावर’ सञ्चालक पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o पौष १७ मंगलबार १२:४३:oo

आकर्षक तलबसहित वैदेशिक रोजगारीका लागि युरोपमा पठाइदिने जनाउँदै रु. १९ लाख ६० हजार ठगी गरेको अभियोगमा प्रहरीले मेनपावर सञ्चालकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मार्स नामक मेनपावरका सञ्चालक  काभ्रेको पनौती नगरपालिका– १ का ४१ वर्षीय जयराम पौडेल रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले राससलाई जानकारी दिए। 

उनका अनुसार पक्राउ परेका पौडेलले पदमकुमारी श्रेष्ठसहित दुईजनालाई वैदेशिक रोजगारीका लागि युरोप पठाइदिने र त्यसका लागि  रु. २० लाख लाग्ने प्रलोभन देखाएका थिए।

पक्राउ परेका पौडेलले युरोप पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाई रु. तीन लाखभन्दा धेरै तलब हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी निज पीडितबाट पटक–पटक गरी जम्मा रु. १९ लाख ६० हजार ठगी गरेको जनाइएको छ। 

पक्राउ परेका पौडेललाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचलमा पठाइएको प्रवक्ता तथा प्रहरी उपरीक्षक रेग्मीले बताए। आकर्षक तलबमा विदेश पठाइदिन्छु भनेकै भरमा कसैलाई पनि रकम नदिन पनि प्रहरीले आग्रह गरेको छ।