सिटिजन्स क्यापिटल लिमिटेडले युनाइटेड मेवाखोला हाइड्रोपावर लिमिटेडको साधारण सेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम गर्नेसम्बन्धी सम्झौता भएको छ । सम्झौतामा हाइड्रोपावरका कार्यकारी अध्यक्ष आशिष थापा तथा सिटिजन्स क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार सिटिजन्स क्यापिटलले युनाइटेड मेवाखोला हाइड्रोपावरको सेयर सार्वजनिक निष्कासनका लागि बिक्री प्रबन्धकको कार्य गर्ने जनाइएको छ । युनाइटेड मेवाखोला हाइड्रोपावरले निर्माण गरिरहेको ताप्लेजुङको ‘मेवाखोला जलविद्युत् आयोजना’ ५० मेगावाट विद्युत् उत्पादन क्षमताको रहेको जनाइएको छ ।