१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार १८:३२:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

टेरामक्सबारे मन्त्री बस्नेत– नीतिगत निर्णय मात्रै गरेको हुँ, खरिद प्रक्रियामा सामेल छैन

राजनीतिकरुपमा पूर्वाग्रह साँधिएको आरोप

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १८:३२:oo

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले नेपाल दूरसञ्चार प्राधिकरणका लागि टेरामक्स उपकरण खरिद प्रक्रियामा आफ्नो संलग्नता नरहेको दाबी गरेका छन्।

प्रेस युनियनले सोमबार धनगढीमा गरेको पत्रकार सम्मेलनमा उनले आफू सञ्चारमन्त्री भएका वेला एनसेलको कर छली रोक्न टेरामक्स खरिद गर्ने नीतिगत निर्णय गरेको, तर खरिद प्रक्रियामा आफू सामेल नभएको बताए।

‘कल बाइपासबाट हुने कर छली उपकरण खरिद गरेर रोक्न सकिने राय पाएपछि उपकरण खरिद गर्ने निर्णय गरिएको हो। म मन्त्री हुँ, मैले नीतिगत निर्णय गर्ने हो,’ उनले भने, ‘खरिद प्रक्रियामा कमी-कमजोरी भएको हुन सक्छ, त्यो मभन्दा पछि हो। ठेक्का प्रक्रियामा गलत गरेको छ भने ज-जसले गरेको छ कारबाही होला।’

टेरामक्सको टेन्डर प्रक्रिया सही भएको सर्वोच्च अदालतले समेत निर्णय गरिसकेको बस्नेतले बताए। ‘अदालतले ठेक्का प्रक्रिया ठीक छ भनेर आदेश जारी गरेको थियो, कि अदालतको आदेश गलत थियो भन्नुपर्‍यो,’ मन्त्री बस्नेतले भने, ‘मेरो कार्यकालमा ठेक्का लागेबापत रकम भुक्तानी पनि भएको छैन।’

एनसेलजस्ता कम्पनीले गरिरहेको कर छली रोक्न टेरामक्स ल्याउनुपर्छ भन्ने पक्षमा आफू सधैँ रहेको उनले बताए। यसमा राजनीतिक रूपमा पनि आफूमाथि पूर्वाग्रह साँध्न खोजिएको उनको आरोप थियो।

अर्को प्रसंगमा मन्त्री बस्नेतले सरकारले मेडिकल विश्वविद्यालय स्थापनाको निर्णय गरेको कैलालीको गेटामा तत्काल तीन सय शय्यामा अस्पताल सञ्चालन हुन नसक्ने धारणा राखे। तीन सय शय्यामा अस्पताल सञ्चालनमा आएपछि मात्र विश्वविद्यालय सञ्चालन हुन सक्ने उनले प्रस्ट्याए।

‘स्वास्थ्यमन्त्री र प्रधानमन्त्रीले चाहँदैमा तीन सय बेडको अस्पताल हुन सक्दैन,’ गेटामा अस्पताल सञ्चालनबारे सोधिएको प्रश्नमा मन्त्री बस्नेतले भने, ‘सय बेडको अस्पतालका लागि ओएनएम गरेर कर्मचारी पठाइसकेका छौँ। तत्काल सय बेडकै अस्पताल अगाडि बढ्छ।’
 

ad
ad